राष्ट्रपतिको निर्वाचनमा हारेका बोल्सेनारोले हार स्वीकार गरेनन्

डिसी नेपाल
१६ कार्तिक २०७९ ११:२१

काठमाडौं । ब्राजिलका वर्तमान राष्ट्रपति जैर बोल्सोनारोले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजा स्वीकार गर्न अस्वीकार गरेका छन् । यस निर्वाचनमा ब्राजिलका पूर्व राष्ट्रपति लुला डा सिल्भा विजयी भएका छन् । निर्वाचनको नतिजा नआउन्जेलसम्म यी दुई नेतामध्ये को राष्ट्रपति पदमा जाने भन्ने स्पष्ट भएको थिएन ।

अन्त्यमा लुला डा सिल्भाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरे । तर बोल्सोनारोले यस हारमा अहिलेसम्म मौन धारण गरेका थिए, जुन उनले केही घण्टाअघि तोडेका छन् । बोल्सोनारोले यस चुनावमा आफ्नो हार स्वीकार गरेका छैनन्। तर, आशंका गरिएको निर्वाचनको नतिजालाई पनि उनले चुनौती दिएका छैनन् ।

बोल्सोनारोको दुई मिनेटको छोटो भाषणपछि उनका प्रमुख कर्मचारीले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु हुने बताएका छन् । बोल्सोनारोको भाषणपछि ब्राजिलको सर्वोच्च अदालतले पनि एक विज्ञप्ति जारी गर्दै सत्ता हस्तान्तरणलाई स्वीकृति दिएर निर्वाचनको नतिजालाई स्वीकार गरेको बताएको छ ।

लुला डा सिल्भाको जितपछि ब्राजिलको अवस्था निकै संवेदनशील छ । बोल्सोनारोका समर्थकहरूले ब्राजिलका दुई दर्जनभन्दा बढी राज्यमा सडक अवरुद्ध गरेका छन्। र धेरै ठाउँबाट आगजनीका रिपोर्टहरू आइरहेका छन् जसका भिडियो र तस्विरहरू सोशल मिडियामा देखिएका छन्।

बोल्सोनारोले यसअघि एक पटक भनेका छन् कि भगवानले मात्र उनलाई सत्ताबाट हटाउन सक्छन् । यससँगै उनले प्रमाण नदिई मतदान प्रक्रियामा समेत प्रश्न उठाएका छन् । जसका कारण उनको मौनतालाई लिएर सबै आशंका उठिरहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *