स्पेसएक्सले लन्च गर्‍यो विश्वको सबैभन्दा शक्तिशाली रकेट, यस्ता छन् विशेषता

डिसी नेपाल
१६ कार्तिक २०७९ १२:५०
324
Shares

काठमाडौं । अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले मंगलबार विश्वको सबैभन्दा शक्तिशाली सक्रिय रकेट मध्ये एक ‘फाल्कन हेभी’ प्रक्षेपण गरेको छ। यसमा अमेरिकी स्पेस फोर्सको उपग्रह पठाइएको छ । रकेट फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट बिहान ९:४१ मा प्रक्षेपण गरिएको थियो। अमेरिकी सेनाका लागि उपग्रहहरू युएसएसएफ-४४ नामक गोप्य मिसनमा अन्तरिक्षमा लगिएको छ। स्पेसएक्सले भन्यो कि रकेटको बूस्टरहरू कम्पनीको ल्यान्डिङ जोन १ र २ मा फ्लोरिडाको केप क्यानाभेरल एयर फोर्स स्टेशनमा छुट्टिए पछि अवतरण भयो। जसको भिडियो पनि सार्वजनिक भएको छ ।

युएसएसएफ-४४ जुन २०१९ पछि पहिलो फाल्कन हेभी प्रक्षेपण थियो। स्पेसएक्सले यसअघि २०१८ मा रातो टेस्ला कार र एक डमी अन्तरिक्ष यात्रीको साथ फाल्कन हेभी लन्च गरेको थियो। यस रकेटको वजन दुई स्पेस शटरको वजन बराबर छ, जसको वजन ६३.८ टन छ। यो २३० फिट लामो रकेटमा २७ मर्लिन इन्जिनहरू छन्, जसले यसलाई संसारको सबैभन्दा शक्तिशाली रकेट बनाउँछ। स्याटर्न-५ अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट थियो। स्याटर्न-५ मा १४० टन पेलोड बोक्ने क्षमता थियो। स्याटर्न-५ को सहयोगमा नासाले चन्द्रमामा खोजी गर्न धेरै मिसनहरू पठाएको थियो।

स्पेसएक्सले पनि अक्टोबरमा आफ्नो एउटा रकेट अन्तरिक्षमा लन्च गरेको थियो। एलन मस्कको कम्पनीले रुसी अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाएको यो पहिलो पटक हो । नासा र रोसकोसमोस बीच एक सम्झौता भएको थियो, जस अन्तर्गत रूसी अन्तरिक्ष यात्रीहरूलाई यो मिसनको एक हिस्सा बनाइएको थियो। निकोल मान र जोश कासाडाले रकेटमा मिशन कमाण्डरको रूपमा स्पेसएक्सलाई साथ दिएका छन्, जबकि जापान एरोस्पेस एजेन्सी अन्तरिक्ष यात्री कोइची वाकाटा र रोसकोसमोस अन्तरिक्ष यात्री अन्ना किकिनाले पनि रकेटमा साथ दिएका छन्।

उल्लेखनीय कुरा के छ भने एलन मस्क टेस्ला र स्पेसएक्स लगायत धेरै कम्पनीको मालिक बनेका छन् । हालै उनले ४४ अर्ब डलरमा ट्विटर पनि किनेका छन् । सीईओको जिम्मेवारी उनी आफैंले सम्हाल्नेछन् । केही समययता मस्कले विभिन्न ठूला निर्णयहरू लिइरहेका छन् । ट्वीटर किनेर उनले सम्पूर्ण सञ्चालक समितिलाई हटाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *