एमाले सरकारले बनाएको धरहरा देखेर बिरोधीहरु तर्सिने गरेका छन्ः केपी ओली

डिसी नेपाल
१६ कार्तिक २०७९ १२:५५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने बताएका छन् ।

नेकपा एमाले काठमाडौं क्षेत्र नंवर १ निर्वाचन परिचालन कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई अघि बढाउन एमाले सुदृढ राष्ट्रिय एकल शक्तिको रुपमा आउनै पर्ने भन्दै त्यसो हुन नसके मुलुकमा दुर्भाग्य हुने बताएका हुन् ।

परमादेश लिएर किर्ते ढंगले सरकार बनाएकाहरुले पुन सरकार बनाए मुलुक अप्ठेरोमा जाने उनको भनाई छ । ओलीले परमादेशी सरकार बनाएदेखि नै अदालत बेहाल अवस्थामा रहेको जिकिर गरे । उनाले आगामी निर्वाचन महासंग्राम भएको भन्दै प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्नुपर्ने बताए । गठबन्धनसँग देश बिकासको कुनै लक्ष्य र उद्धेश्य नै नभएको उनको भनाई छ । उनले अहिले पनि गठबन्धनमा रहेका केहि दलहरु निर्वाचनपछि सरकारमा जान च्याखे थापेर बसेको बताए।

ओलीले यसअघिको एमाले सरकारले मुलुकमा असाधारण बिकास गरेको दावी गरे । ओलीले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको समेत बताए । उनले अहिले पनि बिरोधीहरु एमाले सरकारले बनाएको धरहरा देखेर तर्सिने गरेको तर्क गरे ।

त्यस्तै एमाले अध्यक्ष ओलीले सवै दल र नेताहरुलाई एकै जस्तो गरेर भष्टचारी, बिकास बिरोधी भनेर प्रचार हुने गरेको भन्दै आपत्ती जनाए । मुलुकका जनताहरु सचेत रहेकाले मुलुकको हितमा काम गर्ने पार्टी एमालेलाई बिजयी गराउने उनको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *