इथियोपियामा सरकार र विद्रोहीबीच दुई वर्ष लामो युद्ध अन्त्य गर्न सहमति

डिसी नेपाल
१७ कार्तिक २०७९ ७:४१
36
Shares

आदिस आबाबा। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा द्वन्द्वरत पक्षहरू “शत्रुताको स्थायी अन्त्य“ का लागि सहमत भएका छन्। दक्षिण अफ्रिकामा औपचारिक शान्ति वार्ता सुरु भएको एक हप्ता भन्दा बढी समयपछि द्वन्द्वरत पक्षहरू स्थाथी शान्तिका लागि सहमत भएको अफ्रिकी संघका एक मध्यस्थकर्ताले बताएका छन्।

इथियोपियाको सरकार र टिग्रियाली अधिकारीहरूले व्यवस्थापन, सहज र समन्वयात्मक निशस्त्रीकरण साथै कानुन र व्यवस्थाको पुनस्र्थापनामा सहमति सहमति जनाएका नाइजेरियाका पूर्वराष्ट्रपति ओलुसेगुन ओबासान्जोले शान्ति वार्ताको पहिलो ब्रिफिङमा जानकारी दिए ।सम्झौताले इथियोपियाका लागि नयाँ “बिहान“ ल्याएको उनले बताए।

इथियोपियाका प्रधानमन्त्री अबी अहमदले बुधवारकोसम्झौताको प्रशंसा गर्दै यसलाई कार्यान्वयन गरिने बताए।

‘शान्तिप्रतिको हाम्रो प्रतिबद्धता अटल छ। र सम्झौता कार्यान्वयनका लागि सहकार्य गर्ने हाम्रो प्रतिबद्धता पनि उत्तिकै बलियो छ,’ प्रधानमन्त्री अहमदले एक विज्ञप्तिमा भनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *