उत्तर कोरियाले शंकास्पद अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गर्‍यो

डिसी नेपाल
१७ कार्तिक २०७९ १३:१८
16
Shares

काठमाडौं । दक्षिण कोरियाका अधिकारीहरूले उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (प्रहार गरेको बताएका छन्। यो क्षेप्यास्त्र विश्वका अन्य कुनामा रहेको लक्ष्यलाई निशाना बनाउन बनाइएको हो ।

उत्तर कोरियाले यो वर्ष सातौं पटक आइसीबीएम लन्च गरेको छ। यो प्रक्षेपणपछि उत्तर कोरियाले चाँडै नै आणविक हतियार परीक्षण गर्न सक्ने चिन्ता छ । एक दिन अघि दुवै कोरियाली देशले क्षेप्यास्त्र प्रहार गरेपछि दुई देशबीच तनाव बढेको छ ।

उत्तर कोरियाले यसअघि बुधबार दक्षिण कोरियातर्फ २३ वटा मिसाइल प्रहार गरेको थियो । यी मध्ये एउटा मिसाइल दक्षिण कोरियाको जलक्षेत्रबाट केही टाढा खसेको थियो ।

जवाफमा दक्षिण कोरियाले पनि उत्तर कोरियातर्फ लडाकु विमानहरूबाट हावाबाट सतहमा मार हान्ने मिसाइलहरू प्रहार गरेको थियो। अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै ठूलो संयुक्त हवाई अभ्यास गरिरहेको बेला उत्तर कोरियाले एकै दिन यति धेरै क्षेप्यास्त्र प्रहार गरेको छ ।

प्योङयाङले संयुक्त अभ्यासको कडा आलोचना गर्दै यसलाई “आक्रामक र उत्तेजक” भनेको छ ।

दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफको एक बयान अनुसार बिहीबार उत्तर कोरियाले स्थानीय समय अनुसार ७:४० मा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको थियो ।

एक स्रोतले बीबीसीलाई यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल भएको पुष्टि गरेको छ। यसले लगभग ७६० किमीको दूरी कभर गर्यो र लगभग १९२० किलोमिटरको उचाइमा पुग्यो।

तर योनहाप समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै उक्त मिसाइल उडानको बीचमा असफल भएको बताएको छ। प्योङयाङले छोटो दुरीका दुईवटा ब्यालेस्टिक मिसाइल पनि प्रहार गरेको छ ।

दक्षिण कोरियापछि उत्तर कोरियाले बिहीबार जापानतर्फ मिसाइल प्रहार गरेको छ । यसपछि जापानले आफ्ना नागरिकका लागि ‘जे चेतावनी’ जारी गरेको छ ।

यो चेतावनी धेरै दुर्लभ अवसरहरूमा जारी गरिन्छ। जापानले आफ्ना केही क्षेत्रका नागरिकहरूलाई घर वा भूमिगत बङ्करहरूमा लुक्न सल्लाह दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *