म्यानमारमा एनएलडीका पूर्वसांसदलाई १४८ वर्ष जेल

डिसी नेपाल
१७ कार्तिक २०७९ १४:०६
44
Shares

यांगुन। सेनाद्वारा शासित म्यानमारमा एक अदालतले अपदस्थ नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका पूर्व सांसदलाई १४८ वर्षको जेल सजाय सुनाएको छ। ५२ वर्षीय विन मिन्ट ह्लाइङलाई उक्त सजाय सुनाएको हो।

आतंकवादको आरोपमा दोषी ठहरिएपछि विन मिन्ट ह्लिङलाई सोमबार सुनाइएको यो सजाय सेनाले फेब्रुवरी २०२१ मा सत्ता कब्जा गरेपछि आङ सान सुकीको सरकार र एनएलडी पार्टीका कुनै पनि सदस्यलाई दिइएको सबैभन्दा लामो जेल सजाय हो।

सोमबार म्याग्वे जिल्लाको अदालतले व्यापारिक राजधानी यांगुनबाट करिब ४८० किलोमिटर उत्तरमा अवस्थित विन मिन्ट ह्लिङलाई आतंकवाद विरोधी ऐन अन्तर्गत आठ अपराधमा दोषी ठहर गर्दै १४८ वर्षको सजाय सुनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *