एफवान सफ्टले विकास गर्यो युज माबाईल बैंकिङ्ग डटकम

डिसी नेपाल
१८ कार्तिक २०७९ ९:०९

काठमाडौँ। एफवान सफ्ट इन्टरनेशनले युज मोबाईल बैंकिङ्ग डटकमको सुरुवात गरेको छ। यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्नेछ।

वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ्ग अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु (सन्दर्भ सामाग्री) छन् र तिनिहरुको प्रयोगको बारेमा जान्न चाहने कुनैपनि ग्राहकले वेबसाईटमा गएर आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगको ट्युटोरियल (सन्दर्भ सामाग्री) हेर्न सक्छन्।

वेबसाईटमा मोबाईल बैंकिङ्ग सम्बन्धी नविनतम तथ्य,तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनि निरन्तर अपडेट गरिन्छ। युज मोबाईल डटकम एफवान सफ्ट इन्टरनेशनल द्धारा मोबाईल बैंकिङ्गको प्रयोगलाई बढावा दिन र बानी बसाल्ने प्रयोग हो, जुन शहरी क्षेत्रहरुमा डेबिट कार्ड र नगदको तुलनामा बिस्तारै बैंकिङ्ग र भुक्तानीको लोकप्रिय मोड बन्दै गएको छ।

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सवाश शर्माले भने,“ मोबाईल बैंकिङ्गको ठुलो संभावना छ,र हामी मानिसहरुलाई टेक्नोलोजीसँग अझ बढि परिचित गराउन चाहान्छौँ , मोबाईल बैंकिङ्गको प्रयोगमा धेरै वृद्धि देखिरहेको छ र हामी आशा गछौँ की युज मोबाईल बैंकिङ्ग डट कमले मोबाईल बैंकिङ्ग प्रयोग गर्न सहज बनाउन मद्धत गर्छ”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *