इमरान खानमाथि गोली चलाउने व्यक्तिले प्रहरीलाई दिएको बयानमा के-के भने ?

डिसी नेपाल
१९ कार्तिक २०७९ ११:०८

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि घातक हमला गर्ने संदिग्धको बयान आएको छ। आक्रमणकै क्रममा उनी पक्राउ परेका थिए । उनले इमरान खानले जनतालाई भ्रमित गरेको आरोप लगाएका छन् ।

यसअघि यी आक्रमणकारी मारिएको खबर आएको थियो तर पछि यो हल्लाको अन्त्य भएको छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि आज हमला भएको थियो । यस आक्रमणमा इमरान खानको खुट्टामा गोली लागेको छ । हाल उनी खतरामुक्त रहेको बताइएको छ ।

आक्रमणकारीले के भने ?

प्रहरीले आक्रमणकारीलाई सोध्यो कि उनले इमरान खानलाई किन आक्रमण गरे ? यसमा उनले इमरान खानले जनतालाई भ्रममा पारेको र आफूले यो सब देख्न नसकेको बताएका छन् । आक्रमणकारीले थप भने कि मैले इमरान खानलाई मात्र मार्न सक्दो प्रयास गरेको थिएँ। यसको मतलब यो एक घातक आक्रमण थियो।

किन बनाए इमरान खानलाई मार्ने योजना ? त्यसमा आक्रमणकारीले भने कि त्यहाँ अजान भइरहेको थियो र अर्कोतर्फ ती व्यक्तिहरूले अडियो सिस्टम लगाएर हल्ला गरेका थिए । जुन कुरा मैले राम्रो मानिन ।

आक्रमणकारीले थप भने कि इमरानले लाहोरबाट र्‍याली (आजादी मार्च) सुरु गरेको दिन मैले यो हमलाको योजना बनाएको थिए।

यो आक्रमणमा उनीसँगै अरु कोही थिए ? त्यसमा आक्रमणकारीले भने कि मैले एक्लै आक्रमणको योजना बनाएको र एक्लै आक्रमण गरेको हो । मामाको पसलमा पार्क गरेको बाइकमा एक्लै आएको उनले बताए ।

आक्रमणमा संलग्न व्यक्तिको नाम फैसल भट्ट रहेको बताइएको छ । आक्रमणको क्रममा र्‍यालीमा उपस्थित एक व्यक्तिले उनलाई समातेका थिए। त्यसपछि संदिग्धलाई प्रहरीको जिम्मा लगाइएको थियो ।

इमरान खानमाथि यो हमला पाकिस्तानको वजिराबादमा भएको थियो । त्यतिबेला इमरान आफ्नो पार्टी पीटीआईको स्वतन्त्रता मार्चमा सहभागी थिए । र्‍यालीका क्रममा इमरान कन्टेनरको छतमा सवार थिए । सोही क्रममा र्‍यालीमा उपस्थित एक व्यक्तिले अटोमेटिक हतियारबाट गोली चलाएको थियो ।

आक्रमणकारीलाई त्यहाँ उपस्थित एकजना इमरान समर्थकले बहादुरी देखाउँदै समातेका थिए। यसको एउटा भिडियो पनि सार्वजनिक भएको छ । आक्रमणकारीलाई पक्रने व्यक्तिले आफूले आक्रमणकारीलाई हतियार लोड गरेको देखेको बताएका छन् । त्यसपछि मात्रै उनले आक्रमणकारीको हात समाए । त्यसपछि उसले उनको हात छुटाएर त्यहाँबाट भाग्न थाल्छ। यसले आक्रमणकारीको निशाना चुक्यो ।

आक्रमणपछि इमरान खानको बयान पनि आएको छ । इमरानले आफूले दोस्रो जीवन पाएको बताएका छन्, उनले फर्केर आफ्नो लडाइँ जारी राख्ने बताएका छन् ।

इमरान खानले अहिले शाहबाज सरिफ सरकारको विरुद्धमा प्रदर्शन गरिरहेका छन् । उनले अक्टोबर २८ मा लाहोरबाट आजादी मार्च सुरु गरेका थिए । यसमा इमरानले यो ठाउँमा ठूला-ठूला र्‍याली गरेर जनतालाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *