अष्ट्रेलिया प्रहरीले यी भारतीयलाई खोज्दै, जानकारी दिनेलाई १ मिलियन डलर पुरस्कार !
काठमाडौं । अष्ट्रेलियामा २४ वर्षीया युवतीको हत्या गरेपछि त्यहाँबाट फरार भारतीय युवकको खोजीमा अष्ट्रेलियाली प्रहरीले सक्रियता देखाएको छ । यति मात्र होइन, प्रहरीले अब आरोपी पत्ता लगाउने वा अभियुक्तको बारेमा जानकारी दिनेलाई १० लाख अष्ट्रेलियन डलर (साढे ८ करोड रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ । पुरस्कारको घोषणा भएपछि अभियुक्त पत्ता लगाउन सहज हुने प्रहरीको भनाइ छ ।
वास्तवमा हत्याको घटना अष्ट्रेलियाको क्विन्सल्याण्डमा भएको हो । २४ वर्षीया टोयाह कोर्डिंगले आफ्नो कुकुरलाई २०१८ मा क्वीन्सल्याण्डको समुद्र तटमा डुलाइरहेकी थिइन्। यसै क्रममा राजविंदर सिंह नामका व्यक्तिले उनको हत्या गरेको आरोप लागेको छ । घटना भएको चार वर्ष बितिसक्दा पनि अष्ट्रेलिया प्रहरीले आरोपीको कुनै सुराग फेला पार्न सकेको छैन । त्यसैले अब प्रहरीले आरोपीको जानकारी दिनेलाई भारी इनाम दिने निर्णय गरेको छ ।
अष्ट्रेलियाली प्रहरीले राजविन्दर सिंह वा उनको ठेगाना बारे जानकारी प्राप्त भएपछि अनलाइन पोर्टल मार्फत क्वीन्सल्याण्ड प्रहरीलाई जानकारी दिन अनुरोध गरेको छ। अष्ट्रेलियामा रहेका कसैलाई पनि आरोपितबारे जानकारी भएमा १८००–३३३–००० मा सीधै फोन गर्न सकिने पनि प्रहरीले जनाएको छ ।
If you are in #India please use the numbers on these posters pic.twitter.com/OpjXbzt79F
— Queensland Police (@QldPolice) November 4, 2022
राजविन्दर सिंहको बारेमा जानकारी भएका जो कोहीले क्विन्सल्याण्ड प्रहरीलाई सम्पर्क गर्ने आशा राखिएको छ । मिडिया रिपोर्टका अनुसार ३८ वर्षीय राजविन्दर क्विन्सल्याण्डमा मेल नर्सको रूपमा काम गर्थे। टोयाह कोर्डिङ्लेको हत्या भएको दुई दिनपछि उनी अष्ट्रेलियाबाट भागेका थिए। भाग्ने क्रममा उनले श्रीमती र ३ सन्तानको बारेमा पनि सोचेनन् र उनीहरुलाई अस्ट्रेलियामा छाडेर गए ।
हत्याको एक दिनपछि २२ अक्टोबरमा राजविन्दर सिड्नी गएको र त्यहाँबाट भारत उडेको थाहा भएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ । उनको भारत आगमन पनि पुष्टि भएको छ । राजविंदर पञ्जाबको गुरदासपुर जिल्लाको बुट्टर कलानका बासिन्दा हुन्।
अष्ट्रेलिया प्रहरीले पुरस्कारको घोषणासँगै भावनात्मक अपील गरेको छ । आरोपी राजविन्दरले निकै जघन्य अपराध गरेको प्रहरीले जनाएको छ । एउटा अपराध जसले परिवार तोड्यो। अष्ट्रेलियाको इतिहासमा पहिलो पटक अपराधमा संलग्नलाई पक्राउ गर्नेलाई १० लाख अष्ट्रेलियाली डलर पुरस्कारको घोषणा गरिएको छ ।







डिसी नेपाल







Facebook Comment