संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यकः प्रकाशमान सिंह

डिसी नेपाल
१९ कार्तिक २०७९ १२:४५

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् ।

सङ्घीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूचीअनुसार कानून बनाउन आवश्यक रहेको उनको भनाइ छ ।काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए ।

“संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगााउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्‍यो”, शनिबार भएको प्रचारप्रसार कार्यक्रममा उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *