जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (पूर्णपाठ)

डिसी नेपाल
१९ कार्तिक २०७९ १५:०६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीय शैली परिवर्तन गर्नुपर्ने बताएका छन् । ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आज पार्टीको प्रतिबद्धतापत्र सार्वजनिकका क्रममा उनले संविधान संसोधनमार्फत १० प्रदेशको शैलीमा जाने बताए ।

कार्यक्रममा आफ्नो पार्टीले आजको युगमा राजनैतिक लोकतन्त्र मात्रै काम नभएको र अब सामाजिक, आर्थिक लोकतन्त्रको रुपमा पनि विकास गर्ने बताए । यस्तै, बहिस्करणमा परेका समुदायलाई सामाजीक न्यायको प्रणाली विकास गरी समावेशी लोकतन्त्रको अभ्यास गर्नुपर्ने उनले बताए ।

उनले आन्दोलनमार्फत राजनीतिक परिवर्तन धेरै भइसकेको र अब आर्थिक विकास र सम्मृद्धिको आन्दोलनमा जानु पर्ने उनले बताए । यस्तै कृषिलाई परम्परागत भन्दा पनि चक्लाबन्दी गर्नु पर्ने बताए ।

देशको बजेट घाटा जलविद्युतबाट टार्नुपर्ने वा कम गर्नुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *