गठबन्धको घोषणा पत्र जनता अलमल्याउने खेल मात्रै होः केपी ओली

डिसी नेपाल
१९ कार्तिक २०७९ १५:१४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थहरुको गठजोडलाई निर्वाचनमा पराजित गर्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको पहिलो अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले कुनै भिजन र उदेश्य नभएको स्वार्थहरुको गठजोडलाई पराजित गर्नुपर्ने बताएका हुन् । उनले गठबन्धको घोषणा पत्र जनता अलमल्याउने खेल मात्रै भएको तर्क गरे ।

परमादेशबाट बनेको १६ महिनामा नै गठबन्धन सरकारले देशलाई कंगाल बनाउने काम गरेको भन्दै उनले जनादेशबाट गठबन्धनले सरकार बनाए मुलुक लुटतन्त्रमा भासिने धारणा राखे । ओलीले पद नपाएकै कारण गठबन्धनमा रहेका दलहरु कांग्रेसको पछि लागेको र मुलुकलाई समेत अस्थीरताको भूमरीमा फसाएको आरोप पनि लगाए।

उनले अहिले भिजनसहितको बलियो शक्ति राष्ट्रलाई चाहिएकाले सवै हिसाबले समर्थनवान भएको पार्टी एमालेमात्रै रहेको दाबी गरे। ओलीले नेकपा एमालेबाहेक अरु कुनै बलियो शक्ति मुलुकमा आउनै नसक्ने भन्दै एक्लै बहुमतको सरकार जानु परेको बताए ।

ओलीले एमाले सरकारले राष्ट्रिय स्वाधिनता र बिकासका लागि धेरै काम गरेको जिकिर गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *