जसपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री

डिसी नेपाल
१९ कार्तिक २०७९ १५:३२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

काठमाडौंमा आज जसपाले सार्वजनिक गरेको घोषणापत्रमा पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था, न्यायप्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्ने उल्लेख छ ।

कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ । कार्यकारी राष्टपतिले समावेशी रुपमा सक्षम व्यक्तिको छनोट गरी मन्त्रिपरिषद बनाउने जसपाको प्रतिबद्धता छ ।

कार्यक्षमताको अभाव र खराब आचरण भएको पुष्टि भए सबै तहका सरकारको पदाधिकारीमाथि प्रत्याहवान गर्न वा महाअभियोग लगाउन सकिने जसपाले बताएको छ ।

जनलोकपाल गठन गरी भ्रष्टाचारको अन्त्य गर्ने र नागरिकतामा विद्यमान लैङ्गीक विभेदको अन्त्य गरी सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने उसको प्रतिबद्धता छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *