जनता स्थिर सरकारको पक्षमा छन्, त्यो विकल्प एमाले हुनेमा द्धिविधा छैनः राना (अन्तर्वार्ता)

डिसी नेपाल
१९ कार्तिक २०७९ १६:५१

नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता, समाजसेवी एवं दाङ जिल्ला निर्वाचन क्षेत्र नं. २ (क) प्रदेशसभा सदस्य पद्का उम्मेद्वार बलिभद्र रानासँग निर्वाचनका सन्दर्भमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईको उम्मेद्वारी किन ?

राष्ट्र र जनताका लागि मेरो उम्मेद्वारी रहेको छ । यस क्षेत्रमा विकासको लहर ल्याउन, जनपक्षिय काम गर्न सबै जातजातीको धर्म संस्कृतिको संरक्षण गर्न मैले उम्मद्वारी दिएको छु ।

मतदाताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

अहिलेको निर्वाचनमा मतदात उत्साहीत भएको मैले पाएको छु । दाङ क्षेत्र नं.. २ क का आम मतदाताहरू नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न आतुर छन् । स्थायी सरकार,सुशासन र समृद्धिका लागि मतदाताले नेकपा एमालेलाई रोजेका छन् । विकासमा पछि परेको दाङ जिल्ला निर्वाचन क्षेत्र नं. २ क का जनताको जीवनस्तर उकास्नु नेकपा एमालेको प्रमुख दायित्व हो । विकट वस्तिहरूमा सडक, सञ्चार, यातायात, सिंचाई, खानेपानी पु¥याउनका लागि मेरो पहलकदमी रहने छ । त्यसैका लागि मैले यस क्षेत्रबाट उम्मेदवारी दिएको हुँ । जिल्ला कै विकट वंगलाचुली गाउँपालिका यसै निर्वाचन क्षेत्रभित्र पर्छ । वंगलाचुलीको विकास गर्दै आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्ने मेरो लक्ष्य छ । म जन्मेहुर्के र खेलेको ठाउँ यहि क्षेत्रभित्र पर्छ । यहाँका आदरनिय आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूको माया ममता र आशिर्वाद म प्रति हुनेमा म विश्वस्त छु । आफ्नो निर्वाचन क्षेत्रमा भएका सम्पूर्ण कामको जिम्मेवारी म स्वयम आफूले लिने छु । दुई क क्षेत्रको विकास र जनताको सुखदुखमा लामो समयदेखि आफुले सक्दो सहयोग र साथ दिंदै आएको छु । यस क्षेत्रका सम्पूर्ण आदरणीय जनताहरुलाई यो कुरा सर्वविदितै छ । त्यसैले यहाँका मतदाताहरूले सूर्य चिन्हमा मतदान गरी मलाई विजयी गराउनेमा ढुक्क छु ।
तपाईको जित सुनिश्चित छ त ?

विगत लामो समयदेखि मैले यस क्षेत्रको विकासको लागि पहलकद्मी गरिरहेको छु । जनताको सुखदुखमा साथ दिंदै आएको छु । यस क्षेत्रको समग्र विकासको लागि नयाँ ऐजेण्डाका साथ क्रियाशील छु । यस क्षेत्रको शिक्षा, स्वास्थ्य, यातायात, सडक, सिंचाई, खानेपानी पानीको लागि सधैं समर्पित छु । जनताको सुखदुखमा साथ दिंदै आएको छु । वंगलाचुली गाउँपालिकालाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने यहाँका अमूल्य जडीबुटी फलफूलको बजारीकरणका लागि पहल गर्ने प्रतिवद्धता जाहेर गर्दछु । तसर्थ सम्पूर्ण यस क्षेत्रका मतदाताहरुले मलाई मतदान गरी विजय गराउनु हुने छ भन्नेमा ढुक्क छु । तसर्थ मेरो जित सुनिश्चित छ । म अत्याधिक मत प्राप्त गरेर विजयी हासिल गर्ने छु ।

 तपाईका चुनावी एजेण्डा के रहेका छन् ?

राष्ट्र राष्ट्रियताको जगेर्ना गर्दै स्वदेशमै स्वरोजगार सिर्जना गर्ने, भ्रष्टाचारमुक्त राष्ट्र बनाउने हाम्रा लक्ष्य छन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान नेकपा एमाले लागिरहेको छ । यस क्षेत्रभित्र रहेका धार्मिक पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन गर्दै प्रत्येक जातजातीले मनाउँदै आएका रितिरिवाज, परम्परा, धर्म, संस्कृतिको जगेर्ना गर्ने प्रतिवद्धता यहाँहरूमाझ गर्न चाहन्छु। हाम्रो निर्वाचन क्षेत्रमा पहाडी गाउँपालिका पनि रहेकाले यस क्षेत्रमा उत्पादन भएका जडिबुटीहरूको संरक्षण गर्र्दै जडिबुटी प्रशोधन केन्द्र बनाउने लक्ष्यका साथ अघि बढेको छु । कटुवा खोला, सिस्ने खोलामा हाईड्याम बाँनी सिंचाई र खानेपानीको प्रवन्ध मिलाउने छु । यस निर्वाचन क्षेत्रभित्र वृहत खानेपानी योजना, वृहत सिचाई र सुबिधा सम्पन्न अस्पताल बनाउन पहल गर्ने छु । वंगलाचुली गाउँपालिकालाई फलफुलको पकेट क्षेत्र बनाउने छु । यस प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउने मेरो प्रतिबद्धता छ । मलाई विश्वास छ मेरा एजेण्डाहरु पूरा गर्नको लागि यस क्षेत्रका मतदाताहरुले सूर्य चिन्हमा मतदान गरी मलाई विजयी गराउनु हुने छ ।
अन्त्यमा मतदातालाई केही भन्नु छ ?

यस क्षेत्रका जुनसुकै आस्था र विचारको व्यक्ति भएपनि समुन्नत राष्ट्र र प्रजातन्त्रका लागि युगिन मतदानको घडीमा विवेकशील हुदै सूर्य चिन्हमा मतदान गरी मलाई विजयी गराउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । यहाँहरूको अमूल्य मतदानबाट म विजयी हुने कुरामा ढुक्क छु । ¬




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *