नाइटक्लबमा आगलागी, १३ जनाको मृत्यु
मस्को। रुसको कोस्ट्रोमा सहरको भिडभाडयुक्त नाइटक्लबमा बिहान आगलागी हुँदा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
एक व्यक्तिले छतमा फ्लेयर बन्दुक हानेपछि बार, रेस्टुरेन्ट र ठूलो डान्स फ्लोर भएको मनोरञ्जन स्थलमा स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजे आगलागी भएको तास समाचार संस्थाले जनाएको छ।
मस्कोबाट करिब ३०० किलोमिटर (१९० माइल) उत्तरपूर्वमा पर्ने कोस्ट्रोमाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त समाचार संस्थाले रिपोर्ट गर्यो, “कोठा द्रुत रूपमा धुवाँले भरिन थाल्यो र बाहिर निस्कनेहरू देख्न गाह्रो भयो। त्यहाँ सर्वसाधारण आतंकित बनेका थिए। “ आगलागीबारे प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment