अमेरिकन आइडल रनरअप आर्थर गन लुम्बिनी-कपिलवस्तु विश्व अभियानका सांस्कृतिक दूत

डिसी नेपाल
२० कार्तिक २०७९ ११:१४

मेलबर्न । अमेरिकन आइडल २०२० का रनरअप आर्थर गन (दिबेश पोखरेल) लुम्बिनी-कपिलवस्तु विश्व अभियानका सांस्कृतिक दूतमा नियुक्त भएका छन् ।

आर्थरलाई बुद्धको जन्मस्थलका बिषयमा रहेको विश्वव्यापी दिग्भ्रम निस्तेज गर्ने अभिप्रायले सिर्जित विश्वव्यापी अभियान लुम्बिनी-कपिलवस्तु विश्व अभियानका संयोजक रामकुमार श्रेष्ठद्वारा अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको हो ।

Maven Entertainment र S-Events & Multimedia द्धारा संयुक्त रुपमाआयोजना गर्न लागिएको MAVEN NIGHT Feat. ARTHUR GUNN (American Idol 2020 – Runner-Up) का लागि मेलबर्न आइपुगेका आर्थरलाई म्याजिक मम क्याफे फुटस्क्रेमा आयोजना गरिएको मिट एन्ड ग्रिट कार्यक्रममा श्रेष्ठद्धारा अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको हो ।

अभियानले उद्देश्यप्राप्ती कार्यमा आ-आफ्नो कामका आधारमा योगदान पुर्‍याएका पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र राजदूतहरुलाई समेत सम्मान गरिसकेको छ । नेपाल र नेपालीको शिर उँचो बनाउन योगदान पुर्‍याउँने राष्ट्रिय अन्तरराष्ट्रिय सेलिब्रेटीहरुलाई अभियानको दूत नियुक्त गरी सम्मान गर्दै आएकाले आमेरिकन आइडलमा सहभागी भएर २०२० मा रनरअप बनी नेपाल र नेपालीको शिर उँचो राख्न योगदान गरेका कारण आर्थर गनलाई अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

आर्थर गनलाई श्रेष्ठले दूत नियुक्तिको प्रमाणपत्र प्रदान गरेका थिए । त्यसअघि श्रेष्ठले अभियानले अभियानद्धारा अन्तरराष्ट्रिय महत्व राख्ने उपलब्धीका बारेमा संक्षेपमा जानकारी दिएका थिए ।

आर्थर गनले अस्ट्रेलियाका मुख्य शहरहरुमा आफ्नो प्रस्तुति दिनेछन् । मेलबर्नपछि उनले १७ नोभेम्बरमा सिडनीमा प्रस्तुति दिनेछन् । मेलबर्नको उनको प्रस्तुतिमा भ्वाइस अफ नेपाल २०१८ का रनरअप कुशल आचार्य र भ्वाइस अफ नेपाल -३ को उत्कृष्ठ १० मा पर्न सफल निहारिका ज्ञवालीले पनि साथ दिनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *