पुटिनले युद्धबाट पछि हट्ने सैनिकलाई गोली हान्न आदेश दिए !

डिसी नेपाल
२० कार्तिक २०७९ १२:५१

काठमाडौं । बेलायतको रक्षा मन्त्रालयले शुक्रबार गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै रुसी राष्ट्रपति पुटिनले युक्रेनसँग चलिरहेको युद्धबाट पछि हटिरहेका सैनिकहरूलाई गोली हान्न आदेश दिएको बताएको छ।

यसका लागि रुसले विशेष युनिट तैनाथ गरिरहेको बेलायतले दाबी गरेको छ । बेलायतको गुप्तचर एजेन्सीले रुसी सेना भित्र युद्धमा उत्साह र मनोबलमा आएको कमीलाई यस कदमको कारण बताएको छ ।

बेलायतको रक्षा मन्त्रालयले रुसी जनरलले आफ्ना कमाण्डरहरूलाई युद्धबाट पछि हटेका सैनिकहरू विरुद्ध हतियार प्रयोग गर्न आदेश दिएको बताएको छ। रिपोर्टका अनुसार चेतावनी दिएपछि पनि सैनिक मान्न तयार भएन भने गोली हान्ने आदेश पनि दिइएको छ ।

विभिन्न रिपोर्ट र गुप्तचर अपडेटका अनुसार सेप्टेम्बरमा रुसको ठूलो पराजय र युक्रेनले आफ्नो भूभाग पुनः कब्जा गर्दा रुसी सेनाको मनोबल खस्किएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैंले आफ्ना सैनिकहरूलाई पछि हट्न नदिन मोर्चा सम्हालेका छन् । सेप्टेम्बरमा न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार रुसी सेनाले खेरसोन सहरमा युक्रेनको हस्तक्षेप देखेर राष्ट्रपति पुटिनलाई फिर्ता हुन अनुरोध गरेको थियो, जसलाई पुटिनले अस्वीकार गरेका थिए ।

रुसले युद्धबाट पछि हटेका सैनिकको सजाय पनि बढाएको छ । रुसले सेप्टेम्बरमा एउटा विधेयक पारित गरेको थियो। यो विधेयक मार्फत युद्धबाट पछि हट्ने सैनिकको सजाय ५ वर्षबाट बढाएर १० वर्ष पुर्याएको छ । पुटिनले जरिवाना लागू गर्न अनुमति दिने डिक्रीमा हस्ताक्षर गरे र बिलमा मोहर लगाए।

बेलायतको रक्षा मन्त्रालयले पनि जुनमा रुसी सेनाले पुटिनको आदेश पालना गर्न अस्वीकार गरेको बताएको थियो । जसका कारण रुसी अफिसर र उनीहरुका सिपाहीहरुबीच टकरावको अवस्था सिर्जना भएको छ ।

सेप्टेम्बरमा पहिलो पटक रुसले विगत नौ महिनादेखि जारी युद्धमा ठूलो हार बेहोरेको थियो । पछिल्लो केही दिनयता युक्रेनको धेरै क्षेत्रमा रुसी सेना पछि हटेको छ । जसमा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको लिमान सहर पनि परेको छ ।

युक्रेनले घर फर्किदै गर्दा कैद गरेका धेरै रुसी सैनिकहरु आफ्नो पीडा पोखेका छन् । रुसी सिपाहीहरू भन्छन् कि उनीहरू जानाजानी घाइते हुन चाहन्छन् ताकि उनीहरू घर जान सकून्। लडाइँमा बोलाइने डरले रुसमा धेरै युवाहरूले देश छाडेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *