मृत्यु हुनुअघि आमाले छोराको लागि अन्तिम पटक खाना पकाइन्, भिडियो हेरेर संसार रोयो

डिसी नेपाल
२० कार्तिक २०७९ १४:४२
14.2k
Shares

काठमाडौं । सामाजिक सञ्जालमा जहिले पनि केही न केही भाइरल हुन्छन् जुन हेडलाइनमा आउँछ र चर्चा हुन थाल्छ । हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एउटी आमा आफ्ना बच्चाका लागि खाना पकाउँदै छिन् ।

यो भिडियो ती महिलाको अन्तिम भिडियो थियो किनभने त्यो भिडियो पछि आमाको मृत्यु भयो। यो भिडियो हेरेर धेरै मानिस भावुक बनेका छन् भने धेरैको आँखाबाट आँसु आयो । यो भिडियो कहाँको हो र कसरी आमाको मृत्यु भयो ? यस बारे पनि जान्नुहोस्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यो भिडियो चीनको हो जसमा २० वर्षीय छोराले आफ्नी क्यान्सरबाट पीडित आमाले खाना बनाउँदै गरेको अन्तिम भिडियो सेयर गरेका थिए। यो भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ । यो भिडियो उत्तर पूर्वी चीनको डालियान निवासी डेङ नामका युवकले सेयर गरेका हुन् । यो भिडियो डेङकी आमाको रहेको बताइएको छ । भिडियो सेयर गर्दै डेङले क्याप्सनमा लेखेका छन्, “आमा, अब शान्त रहनुहोस्। अब तपाइँलाई कुनै कुराले हराउने छैन।”

शियाओजियाङ मर्निङ हेराल्डको रिपोर्ट अनुसार डेङकी आमाको नोभेम्बरको सुरुमा मृत्यु भएको थियो। उनले आफ्नी आमाको मृत्यु हुनुअघि नै यो भिडियो बनाएका हुन् । डेङका अनुसार उनकी आमाले तीन वटा केमोथेरापी रेजिमेन्ट पाएकी थिइन् तर आमाले उनको दुखाइको बारेमा कहिल्यै गुनासो गरिनन् ।

डेङका अनुसार, “मेरी आमा निकै बलियो हुनुहुन्थ्यो। उहाँलाई फेब्रुअरीमा क्यान्सर पत्ता लागेको थियो तर हामीले चिन्ता गर्छौं कि भन्ने डरले उहाँले आफ्नो परिवारलाई बताउनुभएन। तेस्रो केमोथेरापीको एक दिन पछि, अचानक मेरी आमाले मलाई के खाने भनेर सोध्नुभयो। यसपछि आमाले बजार लैजान भन्नुभयो र आफैं किराना सामान किनेर भान्सामा खाना पकाउन जानुभयो ।”

डेङले जारी राखे, “आमाले भान्सामा खाना पकाउँदै गर्दा म बैठक कोठामा बसिरहेको थिएँ। मेरी आमाले खाना पकाउनुभएको देखेर मैले आँसु थाम्न सकिन किनभने उहाँ पहिलेदेखि नै निकै कमजोर देखिनुहुन्थ्यो तर पनि उहाँले मेरो लागि खाना पकाउनुभयो। उहाँ हाँस्दै हुनुहुन्थ्यो। त्यसपछि उहाँले लामो समय आराम गर्नुभयो ।”

डेङका अनुसार उनकी आमाले बनाएको अन्तिम खाना पहिलो खाना जस्तै राम्रो थियो। उनले भने ‘त्यो रात मैले सबै खाना खाएँ र म त्यो स्वाद जीवनभर सम्झिरहनेछु।’ डेङले सेयर गरेको भिडियोलाई ८ लाख लाइक प्राप्त भएको छ । डेङले आफ्नो नयाँ भिडियोमा भने, “सायद मेरी आमाले म ब्लगर हुँ भनेर थाहा पाएर मलाई अन्तिम उपहारको रूपमा यो भिडियो दिनुभयो।”

डेङको भिडियोमा धेरैले कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, “धेरै दुखी नहुनुहोस्। उहाँले तपार्इंलाई साथ दिने तरिका मात्र परिवर्तन गर्नुभएको छ, तपाइँकी आमा तपाईको साथमा हुनुहुन्छ। उहाँ हावाको आवाज जस्तै तपाईको कान पछाडि हुनुहुन्छ। उहाँ तारा जस्तै तपाईको नजिक हुनुहुन्छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *