महिलाहरूले व्यापारीको कपडा खोलिदिए, नक्कली प्रहरीले अश्लील भिडियो बनाएर पैसा असुले

डिसी नेपाल
२० कार्तिक २०७९ १४:५८

काठमाडौं । भारतको राजधानी दिल्लीमा उत्तर प्रदेशका व्यापारीसँग अश्लील भिडियो बनाएर जबरजस्ती रकम असुलेको घटना बाहिर आएको छ । दिल्ली प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । जबकि अन्यको खोजी भइरहेको छ । जानकारीका अनुसार पीडित व्यवसायी सराहनपुर निवासी हुन् । उनी काठको व्यापार गर्छन् । त्यसैले उनी कामको सिलसिलामा दिल्ली जाने गर्छन् ।

समाचार एजेन्सीका अनुसार पीडितले प्रहरीलाई बताएअनुसार विगत तीन–चार महिनादेखि उनलाई एक महिलाबाट लगातार फोन आइरहेको थियो । कामको सिलसिलामा भेट्न आग्रह गरिन् । जब उनले महिलालाई भेटे, ती महिलाले आफू विधवा भएको र तीन छोराछोरी रहेको बताइन्। ती महिलाले उनलाई केही काम दिन आग्रह गरिन् । त्यही क्रममा उनले व्यापारीलाई आफ्ना एक आफन्तसँग पनि परिचय गराइन् ।

अक्टोबर २८ मा महिलाले फेरि सहारनपुर निवासी व्यापारीलाई भेट्न बोलाएकी थिइन् । व्यापारी पनि भेट्न राजी भए । उनी महिलालाई भेट्न लक्ष्मीनगर पुगेका थिए । महिलाले उनलाई एउटा कार्यालयमा लगिन् जहाँ अर्की महिला पहिलेदेखि नै थिइन् । व्यवसायी कार्यालयमा प्रवेश गर्नेबित्तिकै दुवै महिलाले जबरजस्ती उनको लुगा फुकालिदिए । जब उनले विरोध गरे, महिलाहरूले उनलाई झुटो मुद्दामा फसाउने धम्की दिए। त्यही क्रममा थप ७ जना त्यहाँ पुगे ।

ती सात जनाले व्यापारीलाई आफू प्रहरी भएको बताए । त्यसपछि त्यसको भिडियो बनाउन थालियो । उनीहरूले व्यापारीको सबै नगद पनि खोसेका थिए । ती मध्ये एक जनाले आफूलाई इन्स्पेक्टर भन्दै २० लाख रुपैयाँ देउ नत्र भिडियो लिक गरेर मुद्दा चलाउने बताए । व्यापारीले विरोध गर्दा उनलाई बन्दुक देखाइएको थियो । आरोपी यहीँ रोकिएनन् । उनीहरूले व्यापारीको अर्को भिडियो बनाए जसमा उनलाई जबरजस्ती आफूले २० लाख रुपैयाँ ऋण लिएको भन्न लगाइयो । जुन उनले दुई किस्तामा फिर्ता गर्नेछन् । व्यापारीको भिडियो बनाएपछि आरोपीले उनलाई छाडेका थिए ।

त्यसपछि पीडित व्यवसायीले उनीहरूविरुद्ध ज्योतिनगर प्रहरी चौकीमा मुद्दा दर्ता गराएका थिए। प्रहरीले तुरुन्तै घटनाको अनुसन्धान थालेको छ र अभियुक्तलाई पक्राउ गर्न ठाउँ ठाउँमा छापा मारेको छ । यसै क्रममा प्रहरीले तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । बाँकी अभियुक्तलाई पनि छिट्टै पक्राउ गर्ने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *