ट्वीटरले बर्खास्त गरिएका दर्जनौं कर्मचारीलाई फिर्ता बोलायो

डिसी नेपाल
२१ कार्तिक २०७९ ७:३२
252
Shares

न्युयोर्क। एलोन मस्कले ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले अब आफ्नो जागिर गुमाएका दर्जनौं कर्मचारीहरूलाई सम्पर्क गर्दै छ। कम्पनीले केही कर्मचारीलाई फेरि काममा फर्किन आग्रह गरिरहेको ब्लुमबर्ग न्युजले रिपोर्ट गरेको छ।

फिर्ता हुन भनिएका केहीलाई गल्तीले कामबाट निकालिएको थियो। इलोन मस्कले कल्पना गरेका नयाँ सुविधाहरू निर्माण गर्न उनीहरूको काम र अनुभव आवश्यक हुन सक्छ भन्ने कुरा व्यवस्थापनले महसुस गर्नुअघि अन्य कर्मचारीलाइ जान अनुमति दिइएको थियो।

ट्विटरले भर्खरै ट्रस्ट र सेफ्टी टिमका कर्मचारीसहित आफ्ना ५०% कर्मचारीहरूलाई हटाएको कम्पनीको सुरक्षा र अखण्डताका प्रमुख योएल रोथले यस हप्ताको सुरुमा ट्वीटमा भनेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *