प्रजननबारे अध्ययन गर्न चीनले अन्तरिक्षमा बाँदर पठाउने

डिसी नेपाल
२१ कार्तिक २०७९ ८:५२

बेइजिङ। चीनले तियाङगोङ अन्तरिक्ष स्टेसनमा बाँदरहरू पठाउने योजना गरिरहेको बताइएको छ। शून्य गुरुत्वाकर्षण वातावरणमा उनीहरु कसरी प्रजनन गर्छन र हुर्कन्छन भन्ने अध्ययन गर्न चीनले अन्तरिक्षमा बादर पठाउन लागेको हो।

वैज्ञानिक अनुसन्धानको नेतृत्व गर्ने चिनियाँ वैज्ञानिक झाङ लूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार यो प्रयोग अन्तरिक्ष स्टेसनको सबैभन्दा ठूलो मोड्युलमा गरिनेछ, जुन मुख्यतया जीवन विज्ञानमा प्रयोग गरिन्छ।

माछा र शंखे किराजस्ता साना जीवहरूको अध्ययन गरेपछि “अब मुसा र बाँदरहरू अन्तरिक्षमा कसरी हुर्कन्छन वा प्रजनन गर्छन भन्ने बारे केही अध्ययनहरू गरिने’, झाङले बताए। उनी विश्वास गर्छन कि यी प्रयोगहरूले सूक्ष्म गुरुत्वाकर्षण र अन्य अन्तरिक्ष वातावरणमा जीवको अनुकूलनको सुधार गर्न मद्दत गर्नेछ।

तर, प्रतिवेदनअनुसार विज्ञहरूले मुसा र अन्य जीवजन्तुहरूमा यस्तो अध्ययन गर्न अझै धेरै कठिनाइहरू रहेको औंल्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *