तिरुपति मन्दिरको सम्पत्ति १० टन सुन, बैंकमा ५३ सय करोड, नगद १५ हजार करोडभन्दा बढी
काठमाडौं । तिरुमाला–तिरुपति देवस्थानम ट्रष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै १०.३ टन सुन र बैंकमा ५ हजार ३०० करोड रुपैयाँ रहेको बताएको छ । यससँगै तिरुमाला-तिरुपति देवस्थानममा पनि १५,९३८ करोड रुपैयाँ नगद छ।
तिरुपति मन्दिरको व्यवस्थापन गर्ने तिरुमाला-तिरुपति देवस्थानमले श्वेतपत्र जारी गरेर आफ्नो सम्पत्ति घोषणा गरेको छ। टीटीडीका अनुसार उसको कुल सम्पत्ति २.२६ लाख करोड रुपैयाँ छ।
२०१९ मा यसले विभिन्न बैंकहरूमा १३ हजार २५ करोड रुपैयाँ फिक्स डिपोजिट गरेको थियो, जुन अहिले बढेर १५ हजार ९३८ करोड रुपैयाँ पुगेको छ।
अर्थात् विगत तीन वर्षमा यो लगानी २ हजार ९ सय करोड रुपैयाँले बढेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment