तल्लो अदालत र उच्च अदालतले मृत्युदण्ड सुनाएका बलात्कार आरोपीलाई सर्वोच्चले सफाइ दियो
काठमाडौं । सन् २०१२ मा दिल्लीको छावलामा १९ वर्षीया युवतीलाई अपहरण गरी ‘सामूहिक बलात्कार’ गरेको घटनामा दोषी ठहर भएका तीनै अभियुक्तलाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।
उच्च अदालतले दोषीलाई दिएको मृत्युदण्डको सजाय सर्वोच्च अदालतले खारेज गरेको छ । यस मामिलामा तल्लो अदालत र उच्च अदालतले तीनै दोषीलाई मृत्युदण्डको सजाय सुनाएको थियो।
सन् २०१४ मा तल्लो अदालतको निर्णयलाई दिल्ली उच्च अदालतले पनि समर्थन गरेको थियो।
उत्तराखण्डको पौरीकी १९ वर्षीया युवती दिल्लीको छावलाको कुतुब विहारमा बस्दै आएकी थिइन् । ९ फेब्रुअरी २०१२ को राति उनलाई कामबाट फर्कने क्रममा तीन जनाले अपहरण गरेका थिए । यसपछि फेब्रुअरी १४ मा हरियाणाको रेवारीको एक खेतमा बालिकाको शव निकै खराब अवस्थामा भेटिएको थियो ।
युवतीलाई सामूहिक बलात्कार र नराम्ररी कुटपिट गरिएको आरोप छ । युवतीको शरीरमा चुरोट र तातो फलामको निशान थियो । यति मात्र होइन, युवतीको अनुहार र आँखामा एसिड खन्याइयो ।
No ads found for this position

Facebook Comment