दुबइमा बुर्ज खलिफा नजिकै ३५ तला अग्लो भवनमा आगलागी

डिसी नेपाल
२१ कार्तिक २०७९ १६:१६
4.6k
Shares

काठमाडौं । दुबईको बुर्ज खलिफा नजिकैको एउटा बहुतले भवनमा सोमबार आगलागी भएको छ । यस घटनामा हालसम्म कुनै हताहतीको खबर आएको छैन । यद्यपी भवनमा आगलागी हुँदा कोही घाइते भए नभएको खुल्न सकेको छैन । वास्तवमा आगो समयमै नियन्त्रणमा आएको थियो ।

भवनमा आगलागी भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा भवनबाट धुवाँ निस्किएको देख्न सकिन्छ ।आगलागी विकासकर्ता ‘एमार’को ‘८ बुलेभार्ड वाक’ नामक टावरको श्रृङ्खलाको भवनमा भएको थियो ।

रिपोर्टका अनुसार यो आगो भवनको तल्लो अपार्टमेन्टबाट सुरु भयो र तुरुन्तै पूरै भवनमा फैलियो। आगलागी हुनासाथ दमकल सहितको आकस्मिक सेवा घटनास्थलमा पुगेर आगो छिट्टै नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण अझै खुल्न सकेको छैन । तर प्रशासनले समयमै दमकललाई खबर गरेकाले धेरै क्षतिको अनुमान गरिएको छैन । कुनै हताहतीको खबर छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *