दुई महिनदेखि मेरो हत्याको षडयन्त्र गरियो: इमरान खान

डिसी नेपाल
२२ कार्तिक २०७९ १०:२९
20
Shares

इस्लामाबाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक र्‍यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको दाबी गरेका छन्।

पाकिस्तान तेहरिक–ए–इन्साफ प्रमुखले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा भने, ‘उनीहरूले मेरो दाहिने खुट्टाबाट तीनवटा गोली निकाले ।  बायाँ खुट्टामा केही छर्राहरू थिए जुन उनीहरूले भित्र छोडेका थिए।’

आफूविरुद्धको हत्याको सम्पूर्ण षड्यन्त्र दुई महिनाअघि  गरिएको उनले दाबी गरे।

आफूले गुप्तचर निकायबाट सूचना प्राप्त गरेको उनले बताए। ‘सम्झनुहोस् म साढे तीन वर्ष सत्तामा थिएँ।  मेरो गुप्तचर एजेन्सी र विभिन्न एजेन्सीहरू सञ्चालन गर्नेहरूसँग सम्पर्क छ’, उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *