अर्को साता के घोषणा गर्दैछन् ट्रम्प ?
न्युयोर्क। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता ‘धेरै ठूलो घोषणा’ गर्ने बताएका छन्।
ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने अपेक्षा गरेका छन् । सन् २०२० मा सम्पन्न निर्वाचनमा आफ्नो पराजयलाई ट्रम्पले स्वीकारेका छैनन्। आफू पुनः निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने ट्रम्पले संकेत गर्दै आएका छन्।
‘भोलिको धेरै महत्वपूर्ण निर्वाचनबाट डाइर्भट नहुनु । मैले नोभेम्बर १५ मा फ्लोरिडास्थित मार ए लागामो धेरै महत्वपूर्ण घोषणा गर्दैछु’, निर्वाचनको पूर्वसन्ध्यामा ओहियोमा आयोजित एउटा प्रशन्न भिडलाई भने।
आफ्ना राष्ट्रपतिकालमा विभिन्न विवादास्पद निर्णयका कारण ट्रम्प विवादमा तानिएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment