एक अर्काको भाषा बुझ्दैनथे तर फेसबुकमा भेट हुनासाथ माया बस्यो र बिहे गरे
काठमाडौं । अनलाइन भेट भएका एक जोडी एकअर्काको भाषाबारे पूर्णतया अनभिज्ञ थिए। तैपनि दुवै प्रेममा परे र विवाह गरे । गुगल ट्रान्सलेट दुई बीचको सञ्चारको माध्यम बन्यो। यसबाट दुवैले एकअर्काको दृष्टिकोण बुझे ।
बेलायतका लुक डिकिन्सन र युक्रेनकी विरा क्लिमोभाले फेसबुकमा भेटेका थिए। दुवै जनाले शरणार्थीलाई सहयोग गरिरहेका थिए । विरा आफै पनि शरणार्थी थिइन् । अङ्ग्रेजी नजान्ने भएकाले विराले ल्युकलाई म्यासेज गर्दा गुगल ट्रान्सलेट प्रयोग गर्थिन् । ल्यूकले भने कि उनले विरालाई धेरै मन पराउँछन्, त्यसैले हामी बीच भाषा बाधा थिएन।
समय मिल्दा दुवै जना एक अर्कासँग कुरा गर्थे । त्यसपछि विराले बेलायत आउन ट्राभल स्वीकृतिको लागि पर्खन थालिन् । ल्यूकले भने कि हामी दुवैलाई च्याट गर्न मनपर्छ, तर अब के हुन्छ? यसबारे कुनै जानकारी थिएन । किनभने उनी टाढा बसेकी थिइन् ।
विराको घर २४ फेब्रुअरीमा भएको बम विष्फोटमा ध्वस्त भएको थियो । यसपछि उनी १५ वर्षीया छोरी करिना र झोला लिएर केही हप्ताको यात्रा गर्दै हल्याण्ड पुगिन् । यस क्रममा विरा र उनकी छोरीलाई धेरैले सहयोग गरे ।
Throughout history many a blossoming cross-border wartime romance must have been agonisingly thwarted by differences in language.https://t.co/prmwvR2Mv6
— The Mirror (@DailyMirror) November 5, 2022
त्यसपछि विराले बेलायतको भिसाको लागि आवेदन दिइन्, किनभने मोल्डोभाको एक साथी ब्रिस्टल (युके) मा बस्थे। यी तिनै साथी थिए जसले वीरालाई मद्दत गर्ने कुरा गरेका थिए।
६ अप्रिलमा वीरा छोरी करिनासँग बेलायत पुगेकी थिइन् । यहाँ पुगेपछि उनले अंग्रेजी कक्षा सुरु गरिन् । त्यहाँ काम पाउनका लागि उनले ड्राइभिङ पनि सिक्न थालिन् ।
जुलाईमा, लुकले विरालाई आफ्नो घरमा निम्तो दिए। त्यतिबेला वीराले अलिकति अङ्ग्रेजी बोल्न सिकेकी थिइन् । दुवैले आपसमा कुरा गरे । विराको कुरा नबुझेको ठाउँमा लुकले गुगल ट्रान्सलेटको सहारा लिए । लुकले पहिलो पटक एक अर्कालाई देख्दा हामी दुबैमा एकदमै फरक र विशेष किसिमको आकर्षण भएको बताए ।
यो भेटपछि दुवै लन्डन र वेमाउथको यात्रामा गए । लगभग दुई हप्ता पछि, ल्यूकले निर्णय गरे कि उनले वीरासँग विवाह गर्नुपर्छ।
सेप्टेम्बर ३० मा, वीरा र ल्यूकले ब्रिस्टल रजिस्ट्री कार्यालयमा विवाह गरे। विवाहमा आएका पाहुनाको अगाडि जोडीले विभिन्न भाषामा भाषण दिए । तर, विराको परिवारका कोही पनि यो विवाहमा सहभागी हुन सकेनन् । यो जोडी छिट्टै हनिमुनमा पोल्याण्ड जानेछन् ।
विराको परिवारमा ३ दिदीबहिनी छन्, जसमध्ये २ जना आफ्नी आमासँग पोल्याण्डमा छन् । एउटी अझै पनि युक्रेनको गाउँमा बस्दैछिन्। उनका दुई भाइहरूलाई युद्धको सुरुमा रूसी सैनिकहरूले कब्जामा लिएका थिए र त्यसपछि हराएका थिए। विराको पहिलो श्रीमानको मृत्यु भयो । विरा ब्रिस्टल सिटी एकेडेमीमा अध्ययनरत छिन्।







डिसी नेपाल








Facebook Comment