युद्धका बीचमा भारतीय विदेशमन्त्री रूसमा किन गए
काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकर दुई दिने रुस भ्रमणमा छन् । उनले आज मस्कोमा आफ्ना समकक्षी सर्गेई लाभरोभलाई भेटे।
लाभरोभसँग वार्ता सुरु गर्दै जयशंकरले भने, “हाम्रो वार्ताले विश्वव्यापी अवस्थाका साथै केही क्षेत्रीय सरोकारहरूलाई सम्बोधन गर्नेछ।”
एस जयशंकरले भने, “आतंकवाद र जलवायु परिवर्तनका मुद्दाहरू छन्। यी दुवैले विकास र समृद्धिमा नकारात्मक प्रभाव पार्छ।”
भेटमा उनले भने, ‘हाम्रा सरकारहरूबीच विभिन्न तहमा बलियो र निरन्तर सम्पर्क रहेको छ ।’
भेटपछि दुवै नेताले मस्कोमा संयुक्त वक्तव्य दिएका हुन् । यसमा एस जयशंकरले अन्तरिक्ष, आणविक कार्यक्रम, रक्षा र व्यापारको बारेमा कुरा गरे।
पश्चिमबाट भारतमाथिको निरन्तर दबाबको बारेमा बोल्दै एस जयशंकरले भने कि रूस भारतको लागि स्थिर र समय-परीक्षण साझेदार भएको छ।







डिसी नेपाल








Facebook Comment