अमेरिकामा मध्यावधि चुनावमा मतदान शुरु

डिसी नेपाल
२२ कार्तिक २०७९ १९:४४
220
Shares

वाशिङ्गटन । अमेरिकामा मङ्गलबार मध्यावधि निर्वाचनमा मतदान शुरु भएको छ । रिपब्लिकनहरूले कङ्ग्रेसको बहुमतलाई चुनौती दिदै अर्को दुई वर्षका लागि राष्ट्रपति जो बाइडेनको एजेन्डा रोक्न र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस फर्कने बाटो खुला गर्ने दाबी गरिरहेका छन् ।

देशको पूर्वी तटमा मतदान केन्द्रहरू बिहान ६ः०० बजेदेखि खुला गरिएका छन् । प्रतिनिधि सभा र सिनेट दुवै सदनको लागि लागि चार करोडभन्दा बढी मतदाताहरूले देशभर पूर्व–निर्वाचन मतदानमा मतदान गरिसकेका छन्। Photo: BBC




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *