ठूला नेताले ‘मदिरा सेवन गर्ने महिलाले बच्चा जन्माउन सक्दैनन्’ भनेपछि हंगामा

डिसी नेपाल
२३ कार्तिक २०७९ १६:०८
124
Shares

काठमाडौं । पोल्याण्डमा सत्तारुढ दलका दिग्गज नेता जारोस्लाभ काजिन्स्कीले महिलाहरूले मदिरा सेवन गर्ने विषयमा भनेको भनाइलाई लिएर विवाद भएको छ । वास्तवमा, हालै जारोस्लाभ काजिन्स्कीले पोल्याण्डमा कम जन्मदरको कारण २५ वर्ष मुनिका महिलाहरूले अत्यधिक मदिरा सेवन गर्नु भको दाबी गरेका छन्।

७३ वर्षीय नेता जारोस्लाभको बयानपछि पोल्याण्डमा विवाद भएको छ । महिला सेलिब्रेटीहरू सहित विपक्षी दलका धेरै नेताहरूले जारोस्लाभको भनाइलाई फोहोर भन्दै विरोध गरेका छन्।

जारोस्लाभ काजिन्स्कीले २५ वर्षको उमेरसम्ममा पुरुषले जति मदिरा पिउने महिलाले भविष्यमा सन्तान जन्माउन नसक्ने बताए । जारोस्लाभका अनुसार पुरुषले धेरै रक्सी पिउने हो भने उनीहरुलाई रक्सीको लत लाग्न औसत २० वर्ष लाग्छ भने महिलालाई दुई वर्ष मात्रै लाग्छ ।

जारोस्लाभ काजिन्स्कीले आफ्नो पार्टीले देशमा जन्मदर बढाउनका लागि हरेक कदम चाल्ने तर युवतीले यस्तै रक्सी खाइरहने हो भने भविष्यमा कहिल्यै सन्तान नहुने बताए ।

पोल्यान्डको राइटविङ ल एन्ड जस्टिस (पीआईएस) पार्टीका अध्यक्ष जारोसा काजिन्स्कीले भने कि उनले यस्तो जानकारी डाक्टरबाट पाएका थिए जसले यस्ता केसहरूमा मादक पदार्थ सेवन गरेका पुरुषहरूको एक तिहाइ निको भइसकेका छन्, तर महिलाहरूमा यसको कुनै असर परेको छैन।

जारोस्लाभ काजिन्स्कीले महिलाले कम उमेरमै बच्चा जन्माउने पक्षमा आफू नरहेको बताए । उनले आमा बन्नका लागि सबैभन्दा पहिले महिला परिपक्व हुनुपर्ने बताए ।

उनको बयानपछि उग्र प्रतिक्रियाहरु पनि आएका छन्। पोल्याण्डमा, विपक्षी नेता जोआना शिउरिङले जारोस्लाभको भनाइलाई बेकारको भन्दै खारेज गरिन्। उनले भनेकी छिन् कि हामी पक्कै पनि यो कथनमा हाँस्नेछौं, मेम्स बनाउँछौं तर यो गम्भीर कुरा हो।

पोल्याण्डको लिबरल सिविक गठबन्धनकी महिला नेतृ कटारजिना लुबनाउरले जारोस्लाभ काजिन्स्कीको यो भनाइ महिलाको अपमान भएको बताइन्।

पोल्याण्डका चर्चित फुटबल स्टार रोबर्टकी पत्नी अन्नाले पनि यस विषयमा आफ्नो प्रतिक्रिया दिएकी छिन् । राजनीतिज्ञहरूले वास्तविक समस्यालाई बुझ्नुको सट्टा महिलामाथि निराधार आरोप लगाउने गरेको देख्दा आफूलाई रिस उठेको अन्नाले बताइन्।

जारोस्लाभ काजिन्स्कीको भनाइलाई लिएर हंगामा भएपछि पोल्याण्डका सरकारका प्रवक्ताले उनको बचाउ गरेका छन् । पोल्याण्ड सरकारका प्रवक्ता पिओटर मुलरले एक निजी समाचार च्यानलसँग कुरा गर्दै जारोस्लाभको विचार सही भएको बताए।

आधिकारिक प्रवक्ताले यो विषयलाई व्यापक रूपमा हेर्न आवश्यक रहेको बताए। प्रवक्ताले सामाजिक सञ्जालमा मानिसहरूले सबै किसिमका राम्रा नराम्रा विचारहरू सिर्जना गर्ने तर यस विषयमा अलिकति खुला दृष्टिकोण आवश्यक रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *