मौरा हेली अमेरिकाको इतिहासमै पहिलो लेस्बियन गभर्नर निर्वाचित
काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा म्यासाचुसेट्सको गभर्नरमा डेमोक्रेटिक पार्टीकी मौरा हेली निर्वाचित भएकी छन् । उनी अमेरिकी इतिहासमा गभर्नरको पद सम्हाल्ने पहिलो लेस्बियन महिला बनेकी छिन् । उनले लेस्बियन उम्मेदवारको रूपमा सार्वजनिक रूपमा प्रचार गरेकी थिइन् । मौराले रिपब्लिकन पार्टीका ज्योफ डायललाई प्रतिस्थापन गरेकी छिन्।
मौरा हेलीको जितसँगै म्यासाचुसेट्समा आठ वर्षपछि गभर्नरको कुर्सीमा डेमोक्रेट बस्न लागेका छन् । यसअघि रिपब्लिकन चार्ली बेकर म्यासाचुसेट्सका गभर्नर थिए। हेली बाहेक अर्की लेस्बियन उम्मेदवार चुनाव लडेकी थिइन्, जो डेमोक्रेटिक पार्टीकी टिना कोटेक थिइन् । टिना ओरेगनबाट चुनाव लडेकी थिइन् ।
हेली सन् २०१४ मा महान्यायाधिवक्ता पनि निर्वाचित भएकी थिइन् । यो पद धारण गर्ने उनी पहिलो समलिङ्गी महिला थिइन्। उनी यसअघि नागरिक अधिकारका वकिल हुन् । समलिङ्गी विवाहका वकिल हेलीले विवाह ऐनलाई अदालतमा चुनौती दिएकी थिइन् । वास्तवमा, विवाह ऐन अन्तर्गत समलिङ्गी विवाह प्रतिबन्धित थियो।







डिसी नेपाल







Facebook Comment