चीनका राष्ट्रपति सी जिनपिङले सेनालाई भने – युद्धको लागि तयार रहनुहोस्

डिसी नेपाल
२४ कार्तिक २०७९ ८:३५
336
Shares

बेइजिङ। चीनका राष्ट्रपति सी जिनपिङले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताएका छन्। उनले जनमुक्ति सेनालाई आफ्नो क्षमता अभिवृद्धि गर्न   तथा युद्ध जित्नको लागि लडाईको तयारी कायम राख्न आदेश दिएका छन्।

६९ वर्षीय सी तेस्रो पाँच वर्षे कार्यकालका लागि सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को महासचिव र केन्द्रीय सैन्य आयोग (सीएमसी) को प्रमुख र पीपुल्स लिबरेसन आर्मी (पीएलए) को समग्र उच्च कमाण्डरका रूपमा पुनः नियुक्त भएका छन्।

पार्टीको प्रमुख, सेना र राष्ट्रपतिको तीन शक्तिशाली पदहरू धारण गर्ने  पार्टीका संस्थापक माओत्सेतुङपछि  सी एक मात्र नेता हुन् जसले १० वर्षे कार्यकाल पूरा गरेपछि पनि सत्तामा छन्।  जबकि उनका सबै पूर्ववर्तीहरूले अवकाश लिएका थिए।

मंगलबार सीले सीपीसी केन्द्रीय समिति र सीएमसीको रणनीतिक कमाण्डलाई महत्त्वपूर्ण सहयोग प्रदान गर्ने सीएमसीको संयुक्त परिचालन कमाण्ड सेन्टरको निरीक्षण गरे।  कमाण्ड सेन्टरमा पुगेपछि चिनियाँ नेतालाई ब्रीफिङ दिइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *