क्यास्पियन तटमा १३० लोपन्मुख सिल मृत फेला
कजाकिस्तान। क्यास्पियन सागरको कजाख समुद्र तटहरूमा १३० भन्दा बढी लोपोन्मुख सिल मृत फेला परेका छन्। कजाकिस्तानको पर्यावरण मन्त्रालयका प्रवक्ताले एएफपीलाई भने, ‘मृत सिलहरूको शव फेला परेको छ।’
मन्त्रालयले देशको पश्चिममा क्यास्पियन सागरको तटहरूमा १३१ सिलहरू मृत फेला परेको जनाएको छ। शव परीक्षण गरिने र यस क्षेत्रको माटो र पानीको नमूनाहरू विश्लेषण गरिने काजाख वातावरण विशेषज्ञहरूले बताए।
संसारको सबैभन्दा ठूलो अन्तरदेशीय पानी क्यास्पियन सागरमा अवस्थित यी सिललाई काजाख सरकारले नोभेम्बर २०२० मा लोपोन्मुख प्रजातिहरूको सूचीमा राखेको थियो। क्यास्पियन सागर पाँच देशहरूः रूस, काजाकिस्तान, अजरबैजान, इरान र तुर्कमेनिस्तानले घेरिएको छ।
क्यास्पियन सागरको सिल जनसंख्या दशकौंदेखि अत्यधिक शिकार र औद्योगिक प्रदूषणको प्रभावबाट ग्रस्त छ।







डिसी नेपाल








Facebook Comment