एलन मस्कको साउदीसँग सम्बन्ध बाइडेनको निगरानीमा, प्राविधिक सम्बन्ध अनुसन्धानको दायरामा
काठमाडौं । टेस्लाका सीईओ एलन मस्क माइक्रोब्लगिङ साइट ट्विटर किनेर लगातार चर्चामा छन् । चाहे त्यो ठूलो मात्रामा कर्मचारी कटौतीको घटना होस् वा ब्लु टिकको लागि मासिक सदस्यता योजना ल्याउने निर्णय, एलन मस्कको कार्यको संसारभर चर्चा भइरहेको छ।
अर्बपति व्यापारी एलन मस्कको ट्विटर अधिग्रहणलाई लिएर अमेरिकामा अहिले नयाँ किसिमको बहस सुरु भएको छ । उक्त सम्झौतामा साउदी अरबका व्यापारीको लगानीका कारण अमेरिकी मिडियाले धेरै प्रश्न उठाइरहेका छन् । यस विषयमा राष्ट्रपति जो बाइडेनलाई पनि धेरै प्रश्न सोधिएको थियो।
अमेरिकी राष्ट्रपतिलाई सोधिएको थियो कि तपाईलाई एलन मस्क अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा हो भन्ने लाग्छ ? र अमेरिकाले ट्विटर अधिग्रहणको लागि विदेशी सरकारहरूसँगको उनीहरूको सम्बन्धको छानबिन गर्नुपर्छ ? जबकि साउदी अरेबिया पनि यो सम्झौतामा संलग्न छ।
यस प्रश्नको जवाफमा बाइडेनले एलन मस्कको अन्य देशसँगको सहकार्य र प्राविधिक सम्बन्ध ध्यान दिन योग्य रहेको बताए। तर, उनले प्रत्यक्ष रुपमा केही भन्न मानेनन् । बाइडेनले भने कि मस्कले केहि गलत गरिरहेका छन् वा छैनन् भन्ने बारे टिप्पणी छैन। उनले यसलाई हेर्ने सुझाव मात्र दिएका छन् ।
रोयटर्सका अनुसार मस्क आफैंले ट्विटर किन्नको लागि धेरै पैसाको व्यवस्था गरेका थिए। तर यो सम्झौतामा अर्बपति ल्यारी एलिसन र लगानी कम्पनी कतार होल्डिङका प्रिन्स अलवालिदलगायत इक्विटी लगानीकर्ताहरूले पनि ७.१ बिलियन डलर लगानी गरेका छन्।







डिसी नेपाल







Facebook Comment