४० वर्षसम्म अपांग श्रीमतीको हेरचाह गर्दा थाकें भन्दै पानीमा धकेलेर हत्या
काठमाडौं । श्रीमतीको हत्या गरेपछि एकजना छोराकहाँ पुगे । र, उनले छोरोलाई बताए कि उनले आफ्नी श्रीमतीलाई समुद्रको पानीमा धकेलेर मारे। वास्तवमा पुरुषकी श्रीमती खुट्टाले हिँड्न सक्दिनथिन् । उनी ह्वीलचेयरमा बसेर हिँड्थिन् । सँगै घुम्ने बहानामा श्रीमतीलाई समुन्द्र किनारमा लिएर गएको ती पुरुषले बताए ।
घटना जापानको ओइसु सहरको हो । ८१ वर्षीय हिरोशी फुजिवाराले ४० वर्षदेखि आफ्नी श्रीमतीको हेरचाह गर्न थालेको बताए । जसका कारण उनले ७९ वर्षीय तेरुकोको हत्या गरेका थिए । हत्याका लागि हिरोशीले आफ्नी श्रीमतीलाई बन्दरगाहमा लगेको प्रहरीले जनाएको छ ।
२ अक्टोबर साँझ करिब ५:३० बजे हिरोशी आफ्नी श्रीमतीसँग बन्दरगाह पुगे र त्यहाँबाट श्रीमतीलाई समुद्रमा फाले । डेली पेपर असाही शिम्बुनका अनुसार श्रीमतीलाई समुद्रमा फ्याँकेपछि उनी नजिकै जेठो छोराको घर पुगेर हत्या गरेको सबै कुरा बताए ।
साँझ ७ बजे छोराले प्रहरीलाई फोन गरेर भने– ‘आमालाई समुन्द्रमा धकेलेको बुबाले भनेका छन् ।’ पछि माछा मार्नेहरूले समुद्रमा शव तैरिएको प्रहरीलाई बताए । घटनाको भोलिपल्ट हिरोशीलाई पक्राउ गरियो र उनले आफ्नो अपराध स्वीकार गरे।
हिरोशीले आफ्नी श्रीमतीको हेरचाह गर्दा आफू थाकेको बताए। करिब ४० वर्षअघि टेरुकोको खुट्टाले काम गर्न छोडेको थियो । दम्पती एउटा अपार्टमेन्टमा बस्थे। उनलाई सहयोग गर्ने कोही थिएन । दम्पतीका छिमेकीले घटनाबारे थाहा पाएर आफु स्तब्ध भएको बताइन् ।
छिमेकीले भनिन्– उनी (हिरोशी) आफ्नी पत्नीप्रति धेरै समर्पित थिए । र यो कहिल्यै लागेन कि उसले आफ्नी श्रीमतीलाई मार्न सक्छन् । तर मलाई लाग्छ उनी आन्तरिक लडाई लडिरहेका थिए।







डिसी नेपाल







Facebook Comment