उत्खननमा सुनका सिक्काले ढाकिएका भगवान र २००० वर्ष पुराना मूर्ति भेटिए

डिसी नेपाल
२४ कार्तिक २०७९ १६:११
95.5k
Shares

काठमाडौं । पुरातत्वविद्हरूले पानीमा दुई दर्जनभन्दा बढी राम्ररी संरक्षित कांस्य ग्रीको-रोमन देवताहरूका मूर्ति फेला पारेका छन्। यी मूर्तिहरू २ हजार वर्षभन्दा पुराना रहेको बताइएको छ । उत्खननमा भेटिएका यी मूर्तिलाई विज्ञहरूले सनसनीपूर्ण खोज भनेका छन् ।

यी मूर्तिहरू इटालीको सिएना प्रान्तको टस्कनी क्षेत्रबाट फेला परेको हो। यो सहर रोमबाट १६० किलोमिटर उत्तरमा पर्छ। पुरातत्वविद्हरूले सन् २०१९ देखि यस क्षेत्रमा रहेको पुरानो बाथहाउसका भग्नावशेषहरू खोजिरहेका छन्।

सियानास्थित युनिभर्सिटी फर फरेनर्सका सहायक प्राध्यापक जेकोपो तबोलीले यस उत्खननको संयोजन गरिरहेका छन्। उनले भने– यो निकै महत्वपूर्ण र असाधारण खोज हो ।

संस्कृति मन्त्रालयका एक शीर्ष अधिकारी मासिमो ओसानाले यी मूर्तिहरूको खोजलाई प्राचीन भूमध्यसागरको इतिहासमा सबैभन्दा अचम्मको खोजको रूपमा वर्णन गरे। ओसानाले यसलाई रियास कांस्यको खोज पछिको सबैभन्दा महत्त्वपूर्ण मानेका छन्। त्यस समयमा पुरातन ग्रीक योद्धाहरूको एक ठूलो जोडी भेटियो। जसलाई सन् १९७२ मा इटालीको समुद्र तटबाट निकालिएको थियो ।

हाइजिया, अपोलो र अन्य ग्रीको-रोमन देवताका यी मूर्तिहरू पहिले मन्दिरहरूमा सजाइएको तबोलीले बताए। तर यस्तो देखिन्छ कि प्रथम शताब्दीमा नै ती मूर्तिहरूलाई धार्मिक अनुष्ठानमा तातो पानीमा विसर्जन गरिएको थियो। उनले भने– पानीबाट केही पाउँछ भन्ने आशामा ती मूर्तिहरूलाई पानीमा विसर्जन गरिएको हो ।

संस्कृति मन्त्रालयले भन्यो- यो प्राचीन टस्कनीमा ठूलो परिवर्तनको अवधि थियो। किनभने यस समयमा इट्रस्कन शासन पतन हुँदै थियो र रोमन शासन सुरु भएको थियो।

तबोलीले भने– यी मूर्तिहरू करिब ६ हजार काँस, चाँदी र सुनका सिक्काले ढाकेका थिए । सान क्यासियानोको फोहोर तातो पानीले तिनीहरूलाई जोगाउन ठूलो भूमिका खेलेको छ। पुरातत्वविद्हरुले आफ्नो टोलीले २४ वटा ठूला मूर्तिहरु फेला पारेको बताएका छन् । यसबाहेक कांस्यबाट बनेका अन्य धेरै साना मूर्तिहरू भेटिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.