किन टिकेन बजारमा नेपाली ‘डिजिटल प्लेटफर्म’

भेषराज कार्की/रासस
२५ कार्तिक २०७९ १५:१०

काठमाडौँ। ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा निक्कै आकर्षण बढ्यो। घरमै रहन बाध्य दर्शकहरूले मनोरञ्जनको विकल्पका रुपमा डिजिटल प्लेटफर्म रोजे।

अन्तराष्ट्रिय रुपमा बजार राम्रो बनाई सकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभ लगायतका ओटीटी प्लेटफर्म दर्शकका प्रिय बने।

नेपाली समेत उल्लेखित ओटीटीका प्लेटफर्म तर्फ आकर्षित हुँदा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन्। नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिक रुपमा खर्च गर्न मिल्ने गरी कार्ड उपलब्ध गराएपछि पनि विदेशी एपमै दर्शक बढेका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात बन्द नै भयो।

सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा फिल्म हेर्ने बाँकीको विकास गरिरहेको बताए। “युट्युबबाट दर्शकलाई एपमा फिल्म हेर्ने बानी बसाउन केही समय निःशुल्क फिल्म समेत उपलब्ध गराएका थियौं। सन् २०१६ मै डिजिटल भविष्य देखेर खोलिएको सिनेमाघरमा दुई वर्ष पश्चात म संचालकको रुपमा जोडिए”, अभिनेता लामिछाने भन्छन्,“नयाँ फिल्म र ओर्जिनल कन्टेनले दर्शक तान्नेमा विश्वत छौँ। हामीले त्यसको तयारी समेत थालिरहेका छौँ ।” उनले गत लकडाउनमा पुरानै फिल्ममा समेत दर्शक बढेको बताए।

आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओम अग्रवालले भने पाइरेसीको समस्याले ओटीटीमा जोखिम देख्छन्। आफ्नै ओएसआर प्ले नामक एपको तयारी गरिरहेका अग्रवालले सुरक्षाको चुनौती रहेको बताए। “पाइरेसी गर्नेलाई कडा कारवाही नहुँदा समस्या देखिएको हो । युट्युबमा फ्रीमा फिल्म हेरिरहेका दर्शकलाई नयाँ फिल्म मार्फत आकर्षित नगरेका होइनौ तर लकडाउनले केही असर ग¥यो”, संचालक अग्रवालले भने। आइफ्लिक्स बन्द भएपछि उहाँ सहितको टिमले ओएसआर डिजिटल टिम भिडियो पसल मार्फत फिल्म दर्शक माँझ पु¥याईरेहेको छ ।

अभिनेता लामिछानेले आफ्नो एपमा चार तहको सुरक्षा रहेको जानकारी दिए। “सिनेमाघरबाट पाइरेसी गर्नेलाई सहजै समात्न सकिन्छ। हामीले केही समय अगाडी एक जनालाई सजाय समेत दिलाएका थियौँ। पाइरेसी सम्बन्धि शिक्षाको कमिले नै यस्तो भइरहेको छ”,अभिनेता लामिछानेले भने,“अहिले ओटीटीले मुनाफा दिन थालेपछि विस्तारै निर्माताहरू आकर्षित भइरहेका छन्। हामीले गत दसैँमा प्रदर्शन गरेको दुई फिल्मले राम्रो मुनाफा दिएको छ।”

उनले एपमा ‘कबड्डी ४ ः द फाइनल म्याच’ रिलिज गरेका छन्। यसले नयाँ दर्शक थपिने र पुरानो फिल्म समेत हेरिने विश्वास उनको छ। “अहिले हाम्रो मुनाफा भनेकै दर्शक हुन्। सिनेमाघर चार लाख पटक डाउनलोड भइसकेको छ। उनीहरूमा नेपाली ओटीटीमा फिल्म हेर्ने बानी बिकसित भएमा आउँदो दिनमा हामीले सफलता पाउनेछौँ”, अभिनेता लामिछानेले भने।
निर्देशक रामबाबु गुरुङले आफ्नो फिल्म युट्युब अगाडी एपमा दिनुको कारण दर्शक विकास र बजारको सम्भावना रहेको बताए। “हामी कहाँ भएको ओटीटीमा दर्शकलाई आकर्षित गर्न प्रदर्शन गर्दैछौँ । यसले आउँदा दिन सहज हुनेमा विश्वत छु”, निर्देशक गुरुङले भने।

डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्ड पनि तयार रहेको सदस्य फडिन्द्र कटवालले बताए। “सञ्चार मन्त्रालयले यसका ण्लागि बजेट समेत विनियोजन गरिसकेको छ। कार्यविधि तयार गरेर ओटीटीलाई सघाउने हाम्रो योजना छ”, सदस्य कटवालले भने। उनकै संयोजकत्वमा बोर्डले ओटीटीलाई नियमन गर्ने र संचालन गर्ने कार्यविधि तयार गर्दैछ ।
नेपालमा सञ्चालनमा आएकाओटीटी भनिने डिजिटल प्लेटफर्मले नयाँ कन्टेन ल्याउन नसक्दा दर्शक विदेशी प्लेटफर्ममै रमाईरहेका छन्। ठुलोपर्दामै देखिने कलाकारलाई लिएर कन्टेन बनाएर ओटीटीमा ल्याउने तयारीमा रहेता पनि यसले पूर्णता पाउन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *