अमेरिका र चीनका राष्ट्रपतिको भेटमा सबैभन्दा ठूलो मुद्दा के होला ?

डिसी नेपाल
२६ कार्तिक २०७९ ११:०६
128
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अर्को हप्ता भेटवार्ता हुँदैछ । यस बैठकको एजेन्डामा ताइवानको मुद्दा सबैभन्दा महत्त्वपूर्ण हुन सक्छ।

जो बाइडेन सन् २०२० मा राष्ट्रपति बनेपछि दुई राष्ट्र प्रमुखबीच भेट भएको यो पहिलो पटक हो । तर, यो भेट दुई देशबीचको सम्बन्धमा तनावको अवस्था रहेको अवस्थामा हुन लागेको हो । ताइवान पनि यो तनावको कारण हो।

अमेरिकी संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले अगस्टमा ताइवानको भ्रमण गरेपछि चीन र अमेरिकाबीच तनाव बढेको छ।

चीनले यसलाई ‘एक चीन नीति’ को उल्लङ्घन भनेको छ र ताइवानको हवाई क्षेत्रमाथि उडान भरेको छ। त्यसपछि अमेरिकाले चीनले ताइवानमाथि आक्रमण गर्न सक्ने चिन्ता व्यक्त गरेको थियो ।

उही समयमा, अमेरिकाले कम्प्युटर चिप प्रविधिको पहुँचमा अवरोध गरेको छ, जसले चीनको निर्यातमा आधारित अर्थतन्त्रलाई चोट पुर्याएको छ।

अमेरिकाका एसियाली सहयोगी भारत, जापान र अष्ट्रेलियाले पनि यो बैठकमा नजर राखेका छन् । यी देशहरूले प्रायः चीनसँगको सम्बन्धमा द्वन्द्वहरू देख्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *