पुटिनले जी २० सम्मेलनमा भाग नलिने, जेलेन्स्कीको भर्चुअल भाषण हुने
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन इन्डोनेसियाको बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । जी-२० राष्ट्रहरूको सम्मेलन अर्को हप्तादेखि सुरु हुँदैछ।
जकार्ताका अधिकारीहरूले रुसी सरकारको तर्फबाट राष्ट्रपतिको सट्टा देशका विदेशमन्त्री सर्गेई लाभरोभ सम्मेलनमा सहभागी हुने बताएका छन्। रुसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य राष्ट्र प्रमुखहरूसँग भेटघाट गर्न नचाहेको अनुमान गरिएको छ ।
अमेरिकी मध्यावधि चुनावमा मतदान गरेपछि जो बाइडेनले पत्रकारहरूलाई भने कि उनी सम्मेलनमा भाग लिन जाँदैछन् र यस क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्नेछन्। उनले दुई देशबीचको तनाव कम गर्नका लागि जिनपिङसँग वार्ता गर्न चाहेको र यस अवधिमा दुई देशबीच के–के कुरा गर्न सकिन्छ भनी जान्न खोज्ने बताए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई पुटिन आफ्नो तालिकाका कारण यो सम्मेलनमा सहभागी हुन नसक्ने कुरा स्पष्ट गरिएको छ।
समाचार एजेन्सी एएफपीले रुसी समाचार एजेन्सी टासलाई उद्धृत गर्दै लाभरोभले अमेरिकाले एसिया प्यासिफिक क्षेत्रमा तनाव र अस्थिरता बढाइरहेको छ भन्ने सन्देश दिने प्रयास गर्ने बताएको छ।
यस क्षेत्रमा भियतनाम र म्यानमारसँग रुसको राम्रो सम्बन्ध छ, यी दुई देशको सेनाले रुसबाट हतियार किन्ने गर्छ । यद्यपि यस क्षेत्रका केही देशहरूले रुसलाई एक्लो पार्ने पश्चिमी प्रयासहरूलाई समर्थन गर्छन्।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि यस सम्मेलनमा भाग लिनेछन्। रोयटर्सका अनुसार इन्डोनेसियाले जेलेस्कीलाई सम्मेलनमा भाग लिन निमन्त्रणा दिएको थियो तर पुटिन सम्मेलनमा उपस्थित भएमा उपस्थित नहुने बताएको थियो।







डिसी नेपाल








Facebook Comment