नमाज पढ्नका लागि ड्राइभरले बस नरोकेपछि बबाल

डिसी नेपाल
२६ कार्तिक २०७९ १३:३२
140
Shares

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशमा इस्लामिक मूल्य मान्यतालाई बढावा दिने कुरा गर्दै आएका छन् । एर्दोगानको यो अभियानको बीचमा टर्कीमा एक बस चालकले नमाज पढ्न बस नरोकेपछि हंगामा मच्चिएको छ । द गार्डियनका अनुसार बस चालकले प्रार्थना गर्न बस रोक्न अस्वीकार गरेपछि एक यात्रुले ट्विटरमा गुनासो गरे।

उजुरीका सम्बन्धमा कम्पनीले दिएको स्पष्टीकरणले देशमा धर्मनिरपेक्षताको बहस सुरु गरेको छ । ट्राभल फर्म ओज एर्सिसले यात्रुको गुनासोमा स्पष्टीकरण दिँदै टर्कीको संविधानमा दिइएको अधिकारको प्रयोग गर्दा कुनै पनि नागरिकले देशको लोकतान्त्रिक र धर्मनिरपेक्ष मूल्यमान्यता हनन गर्न नहुने बताएको छ । कम्पनीको यो बयान भाइरल भएसँगै टर्कीमा फेरि एकपटक धर्मनिरपेक्षताको चर्चा बढेको छ ।

मुस्लिम बाहुल्य भए पनि टर्की धर्मनिरपेक्ष राष्ट्र हो । तर रेसेप तैयप एर्दोगान राष्ट्रपति बनेदेखि टर्कीलाई इस्लामिक राष्ट्र बनाउने बाटोमा छन् । एर्दोगानले इस्लाम र मुस्लिमको अधिकारलाई धर्मनिरपेक्षताभन्दा माथि राख्छन् । सन् २०२० मा नै एर्दोगानको शासनकालमा टर्कीमा धर्मनिरपेक्षताको उदाहरण बनेको हागिया सोफिया संग्रहालयलाई मस्जिदमा परिणत गर्ने निर्णय भएको थियो ।

ट्राभल फर्म ओज एर्सिसका वकिल टुन्के केसेर्सीले भने कि बस इरानको सिमानामा रहेको भान क्षेत्रबाट पश्चिमी टर्कीको एजियन तटमा जाँदै थियो। यो यात्रा कभर गर्न २४ घण्टा भन्दा बढी लाग्छ। वकिलले भने, “हामीलाई जानाजानी निशाना बनाई धर्मनिरपेक्षताको विवादमा तानिएको छ। हामी सबैको भावना र आस्थाको सम्मान गर्छौं।”

कम्पनीले भनेको छ कि इस्लामले हामीलाई यति स्वतन्त्रता दिन्छ कि हामी नमाज पढ्ने समय र अवधिलाई आफ्नै अनुसार परिवर्तन गर्न सक्छौं। हामीले मानिसहरूलाई नमाज पढ्नबाट रोकेका थियौं भन्ने प्रचारमा हामीलाई निशाना बनाइएको छ । बस एक सराय नजिकै रोकिएपछि यात्रुले नमाज पढ्न सक्थे। कम्पनीले धर्मनिरपेक्ष भनेको हामी धार्मिक होइनौं भन्ने होइन । धर्मनिरपेक्षतामा मुस्लिमको अधिकारको संरक्षण पनि आउँछ ।

समयमै गन्तव्यमा पुग्न चाहने अन्य यात्रुलाई बेवास्ता गरी एकजनाले नमाज पढाउन यात्राको बीचमा बस रोकिनु नहुने पनि ट्राभल फर्मले जनाएको छ । ट्राभल कम्पनीको यो कदमप्रति टर्कीका जनतामा मिश्रित प्रतिक्रिया आएको छ । धर्मनिरपेक्षतालाई समर्थन गर्ने मानिसहरूले कम्पनीको यो कदमको प्रशंसा गरेका छन्। त्यसैगरी आन्दोलनमा उत्रिएका जनताले अब यो कम्पनीसँग यात्रा नगर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *