तालिबानले महिलाहरूलाई पार्क र जिम जान प्रतिबन्ध लगायो

डिसी नेपाल
२६ कार्तिक २०७९ १३:३६
32
Shares

काठमाडौं । अफगानिस्तानमा महिलाहरूले अब पार्क र जिम जान पाउने छैनन्। त्यहाँको तालिबान सरकारले महिलाको यो अधिकार पनि खोसेको छ । यस दिशामा उनीहरुमाथि धेरै प्रतिबन्ध लगाइने बताइएको छ । हालसम्म त्यहाँको सरकारले यस आदेशको बारेमा धेरै जानकारी साझा गरेको छैन।

तालिबान सरकारका प्रवक्ताले अबदेखि पार्कमा आउने महिलालाई केही प्रतिबन्ध लगाइने बताएको छ । काबुलमा, महिलाहरूलाई पार्कमा जानबाट रोकिएको छ। त्यहाँ पार्कमा महिला र बालबालिकालाई खेल्न दिइँदैन ।

एक महिलाका अनुसार उनी आफ्नी नातिनीसँग पार्कमा आएकी थिइन् तर तालिबान अधिकारीहरूले उनलाई पार्कमा प्रवेश गर्न दिएनन् । जसका कारण उनी घर फर्किनु परेको थियो ।

पार्कमा काम गर्ने दुई अधिकारीले तालिबान सरकारबाट महिलाहरूलाई पार्कमा प्रवेश गर्न नदिने आदेश प्राप्त भएको बताएका छन्। यसअघि पनि तालिबानले महिलामाथि धेरै प्रतिबन्ध लगाएको थियो । चाहे त्यो अफिसमा काम गर्ने होस् वा एक्लै घर छोड्ने कुरा होस्।

केही समयअघि तालिबानले महिलाले घरबाट एक्लै बाहिर ननिस्कन र उनीहरूसँग एकजना पुरुष हुनुपर्छ भनी आदेश जारी गरेको थियो । त्यसैगरी, तालिबानले मार्च १ सम्ममा सबै बालिकाका लागि उच्च विद्यालय खोल्ने आदेशलाई उल्टाएको थियो।

यो तालिवानको आश्वासनको विपरीत हो जहाँ उनीहरूले आफूलाई परिवर्तन गर्ने कुरा गरेका थिए। नारीलाई धेरै प्रतिबन्धबाट मुक्त गराइने पनि भनियो, शिक्षा दिने वाचा पनि गरियो । तर अहिले तालिबान सरकारले जुन प्रकारका निर्णयहरू लिइरहेको छ, ती सबै दाबीहरू ध्वस्त भएका छन् र महिलाहरू फेरि डर र प्रतिबन्धको बीचमा बाँच्न बाध्य छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *