सांसद चढेको विमानमा अवतरण गर्ने क्रममा गोली प्रहार !
काठमाडौं । जोर्डनबाट लेबनान आउँदै गरेको मिडल इस्ट एयरलाइन्सको यात्रुवाहक विमानलाई राजधानी बेरुतमा अवतरण गर्ने क्रममा गोली प्रहार भएको छ । गोली विमानमा ठोक्कियो जसका तस्विरहरु पनि बाहिर आएका छन् । यस घटनामा कोही पनि घाइते भएनन्। रोयटर्सका अनुसार घटना बिहीबार भएको हो। जसको एमइए अध्यक्ष मोहम्मद अल-हौतले पनि पुष्टि गरेका छन्।
बेरुत विमानस्थल वरपर हवाई फायरिङका कारण यहाँ पार्किङ गरिएका सातदेखि आठवटा विमानमा बर्सेनि गोली लाग्ने गरेको हौतले एजेन्सीलाई बताए । तर बिहीबार चलिरहेको विमानमा गोली लागेको यो पहिलो पटक भएको हो । यस घटनामा कोही पनि घाइते भएका छैनन् ।
लेबनानमा उत्सवको समयमा खुसियालीमा फायरिङ गर्नु सामान्य छ। जहाँ ठूलो संख्यामा मानिसहरु हतियार राख्छन् । नेताहरुको भाषणदेखि परीक्षाको नतिजासम्मको हर्षोल्लास मनाउन हवाइ फायरिङ गरिन्छ । यसमा हौतले भने, “लेबनानमा खुसीको अवसरमा गोली चलाउने यी अभ्यासहरू बन्द गरिनुपर्छ। यसले हवाई यातायात र विमानस्थलमा ठूलो खतरा निम्त्याउँछ।”
यो घटना हुँदा लेबनानी सांसद पाउला याकुबियन त्यही फ्लाइटमा थिइन् । उनले आफ्नो ट्वीटरमा विमानमा गोली लागेको तस्बिर सेयर गरेकी छिन् । उनले यो पनि लेखिन् कि उनी सिट २ एफ मा बसिरहेकी थिइन जब घटना “मेरो टाउको माथि” भयो।







डिसी नेपाल








Facebook Comment