राजीव गान्धीको हत्याकाण्डका तीन दोषी ३१ वर्षपछि रिहा

डिसी नेपाल
२७ कार्तिक २०७९ ७:४८
1.1k
Shares

नयाँ दिल्ली। राजीव गान्धी हत्याकाण्डका ६ जना दोषीलाई ३१ वर्षको जेल सजायपछि सर्वोच्च अदालतले रिहा गरेको एक दिनपछि, तीन अभियुक्तहरू नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका छन्। अदालतको आदेशपछि उनीहरू शनिबार साँझ रिहा भएका हुन्।

रिहा हुनुअघि नलिनी शनिबार बिहान एक स्थानीय प्रहरी चौकीमा उपस्थिति भएकी थिइन्। मे महिनामा सर्वोच्च अदालतले आफ्नो असाधारण शक्तिको प्रयोग गरी सातौं दोषी पेरारिवलनलाई रिहा गरेको थियो। बाँकी दोषीलाई पनि यही आदेश लागू भएको अदालतले जनाएको छ।

अदालतले यो पनि उल्लेख गरेको छ की तमिलनाडु क्याबिनेटले सन् २०१८ मा राज्यपाललाई दोषीहरूलाई रिहा गर्न सिफारिस गरेको थियो र राज्यपाल यसको लागि बाध्य थिए। नलिनी बाहेक पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याको लागि सन् १९९१ मा जेल परेका अन्यहरू श्रीहरन, सन्थान, मुरुगन, रोबर्ट पायस र आरपी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *