युक्रेनका सडकमा उत्सव, विदेशमन्त्रीले भने–हामीले युद्ध जितिरहेका छौं

डिसी नेपाल
२७ कार्तिक २०७९ १०:३०
52
Shares

काठमाडौं । खेरसनबाट रुसी सेना पछाडी हटेपछि युक्रेनी सेनालाई त्यहाँ ठूलो उत्साहका साथ स्वागत गरिएको छ। भिडियोमा स्थानीय जनता झण्डा बोकेर सडकमा उत्रिएर सैनिकलाई स्वागत गरेको देख्न सकिन्छ । कतिपयले देशभक्तिको गीत गाएको पनि देखिएका छन् ।

आसियान शिखर सम्मेलनमा भाग लिन कम्बोडियामा रहेका युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले खेर्सनबाट रुसको फिर्ताले यस युद्धमा आफूहरू विजयी हुने देखाएको बताएका छन् ।

उनले भने, “हामीले अर्को युद्ध जितेका छौं, हामी तपाईंलाई सम्झाउन चाहन्छौं कि युद्ध सुरु भएपछि हामीले पहिले किभ जित्यौं, त्यसपछि रुसलाई उत्तर-पूर्वबाट पछि हट्न बाध्य तुल्यायौं, खार्किभ जित्यौं र अहिले खेरसोनमा जितेका छौं।”

उनले भने, ‘हामीले लडाइँ जितेका छौं तर लडाइँ जारी रहनेछ । युक्रेन आत्मविश्वासले भरिएको छ, हाम्रो सेनाले हाम्रा क्षेत्रहरू पुन: कब्जा गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *