मस्कले जी २० को साइडलाइन बैठकलाई सम्बोधन गर्ने

डिसी नेपाल
२७ कार्तिक २०७९ १३:५२
40
Shares

बाली। अर्बपति तथा ट्वीटरका नयाँ मालिक एलोन मस्क जी २० शिखर सम्मेलनको साइडलाइन बैठकमा सहभागी हुने भएका छन्। उनी  इन्डोनेसिया जाने छैनन् बरु भर्चुअल रूपमा उपस्थित हुने एक वरिष्ठ इन्डोनेसियाली अधिकारीले बताए। इलेक्ट्रिक कार निर्माता टेस्लाका समेत मालिक मस्कले बालीको रिसोर्ट टापुमा बी २० व्यापार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ।

विश्वको सबैभन्दा धनी व्यक्तिले सोमबार बी २० मा इन्डोनेसियाली टाइकुन अनिन्द्य बकरीसँग “वैश्विक प्राविधिक आविष्कारको भविष्यमा अवरोध“ विषयमा एक घण्टा लामो भर्चुअल छलफलमा भाग लिने मस्को सचिवालयले जनाएको छ।

बी २०ले अमेजनका संस्थापक जेफ बेजोस, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई सहभागीको रूपमा सूचीबद्ध गरेको छ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले यस वर्षको सुरुमा टेस्लाले देशको निकेल उद्योगमा लगानी गर्ने बारे कुराकानी गर्न मस्कलाई भेट्न टेक्सासको यात्रा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *