इतिहासमा आज : मरिन ९ यान अन्तरिक्षमादेखि एपोलोको चन्द्र मिसनसम्म

डिसी नेपाल
२८ कार्तिक २०७९ ७:००
36
Shares

मरिन ९ यान अन्तरिक्षमा

सन् १९७१ को नोभेम्बर १४ अर्थात आजकै दिन नासाको मरिनर ९ नामक अन्तरिक्ष यान अन्तरिक्षमा पुगेको १६७ दिनपछि मंगल ग्रहको कक्षमा प्रवेश गरेको थियो। मंगल ग्रहको कक्षभित्र अनुसन्धान गरि त्यहाँका तस्बिर पृथ्वीमा पठाउने उदेश्यले सो यान अन्तरिक्षमा पुगेको थियो । तर, ग्रहमा अत्यधिक धुलोका कारण उक्त यानले केही साता मंगल ग्रहको तस्बिरहरू लिन असफल भएको थियो।

एपोलोको चन्द्र मिसन

सन् १९६९–नासाको मानवसहितको यान एपोलो-१२ को चन्द्र मिसन सुरु गरेको थियो। उक्त यान १९ नोभेम्बरमा चन्द्रमामा अवतरण गरेको थियो।

चाल्र्सको जन्म

सन् १९४८ मा वेलायतका नयाँ राजा चाल्र्सको जन्म भएको थियो । एलिजाबेथ द्वितीय र राजकुमार फिलिपको जेस्ठ सन्तानको रुपमा जन्मिएका चाल्र्स यसै वर्ष महारानीको निधनपछि बेलायतमा राजा घोषित भएका छन्।

पहिलो जी २० सम्मेलन

सन् २००८- अमेरिकाको वासिंगटन डिसीमा पहिलो जी २० आर्थिक सम्मेलन आयोजना भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *