इस्तानबुलमा शक्तिशाली विस्फोटः ४ जनाको मृत्यु, दर्जनौं घाइते
अंकारा। टर्कीको राजधानी इस्तानबुलको मुटुको एउटा व्यस्त सडकमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ।
आइतबार साँझ भएको सो विस्फोटमा तीन दर्जनभन्दा बढी घाइते भएका स्थानीय गभर्नरले जनाएका छन् । ‘प्रारम्भिक रिपोर्टमा चार जनाको मृत्यु र ३८ जना घाइते भएका विवरण सार्वजनिक भएको छ’ इस्तानबुलका गर्भनर अली यर्लिकायाले ट्वीटरमा भने।
विस्फोटबारे ट्वीटरमा पोस्ट गरिएको भिडियोमा विस्फोटपछि ठूलो धुवाँको मुस्लो आवाज सुन्न सकिन्छ । विस्फोटबारे पूरा विवरण सार्वजनिक हुन बाँकी छ । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment