पाकिस्तानले ओस्कार अवार्डको प्रतिस्पर्धामा पठाएको फिल्मलाई आफ्नो देशमा प्रतिबन्ध लगायो

डिसी नेपाल
२८ कार्तिक २०७९ ११:३३
212
Shares

काठमाडौं । फिल्म निर्माता सईम सादिकको बहुचर्चित फिल्म ‘जोयल्याण्ड’लाई ‘अत्यधिक आपत्तिजनक सामग्री’ भएको आरोपमा पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ। केही महिनाअघि फिल्म रिलिजको प्रमाणपत्र दिइएपछि अहिले प्रतिबन्ध लगाइएको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार जोयल्याण्डलाई पाकिस्तानले ओस्कारमा आधिकारिक प्रवेशका रूपमा पठाएको छ। चलचित्रलाई सर्टिफिकेट बोर्डले अगस्ट १७ गते अनुमति दिएको थियो । तर, पछिल्लो समय यसको सामग्रीलाई लिएर आपत्ति जनाइएको छ ।

देशका रूढीवादी तत्वबाट आउने प्रतिक्रियाबाट बच्न सूचना तथा प्रसारण मन्त्रालयले चलचित्र प्रतिबन्ध लगाएको बताइएको छ । नोभेम्बर १ गते मन्त्रालयले जारी गरेको सूचनामा फिल्म देशको ‘सामाजिक मूल्य र नैतिक मापदण्ड’ अनुरूप नरहेको उल्लेख गरिएको थियो ।

सूचनामा भनिएको छ, ‘फिल्ममा हाम्रो सामाजिक मूल्य मान्यता र नैतिक मापदण्डसँग मेल नखाने र मोशन पिक्चर अध्यादेश १९७९ को दफा ९ मा व्यवस्था गरिएको ‘शालीनता र नैतिकता’ विपरित अत्यधिक आपत्तिजनक सामग्री रहेको लिखित उजुरी प्राप्त भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *