रूसका कारण जी-२० शिखर सम्मेलनमा विश्वका शक्तिशाली नेताहरूको सामूहिक फोटोसेसन रद्द
काठमाडौं । इन्डोनेसियाको बालीमा हुने जी–२० सम्मेलन यस्तो समयमा सुरु भएको छ, जब रुसलाई लिएर विश्वका देशहरुमा गहिरो आक्रोश देखिएको छ । यो असन्तुष्टि यति धेरै छ कि विश्वका शक्तिशाली नेताहरू रसियाका नेताहरूलाई आफूहरूसँग एउटै फोटो फ्रेममा देख्न चाहँदैनन्।
यही कारण बालीमा विश्व नेताहरुको सामूहिक तस्विर खिच्ने कार्यक्रम रद्द गरिएको हो । यति मात्र होइन, जी–२० सम्मेलनपछि जारी गरिने संयुक्त वक्तव्यबारे पनि शंका छ । सामूहिक तस्विरलाई लिएर विश्वका धेरै नेताहरुले आपत्ति जनाएपछि यो निर्णय गरिएको हो ।
जी-२० शिखर सम्मेलन नोभेम्बर १५ बाट इन्डोनेसियाको सुन्दर सहर बालीमा सुरु हुँदैछ। सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति म्याक्रोन, चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी छन् । यसका साथै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सम्मेलनमा सहभागी हुनेछन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि नै सम्मेलनमा सहभागी हुन अस्वीकार गरिसकेका छन् । यसबाहेक उनले यो सम्मेलनलाई अनलाइनबाट पनि सम्बोधन गर्ने छैनन् । यस सम्मेलनमा भाग लिन रुसका विदेशमन्त्री सर्गेई लाभरोभ बाली पुगेका छन् ।
समाचार एजेन्सीका अनुसार युक्रेन र रुस युद्धका कारण विश्व नेताहरूले रुसी नेतृत्वसँग फोटो खिच्न अस्वीकार गरेका छन् । विश्वभरका शीर्ष शिखर सम्मेलनहरूमा नेताहरूले फोटो खिच्ने र ऐक्यबद्धताको सन्देश दिने परम्परा रहेको छ। तर रुस–युक्रेन युद्धको छायाँमा हुन लागेको जी–२० सम्मेलनमा त्यस्तो हुने छैन । विश्व नेताहरु रुसी नेताहरुसँग फोटो खिच्न तयार नभएको बताइएको छ ।
यहाँ मात्र होइन, हरेक ठूला सम्मेलनपछि सम्मेलनमा भएका निर्णयहरू संयुक्त विज्ञप्ति जारी गरी विश्वलाई जानकारी गराइन्छ । युक्रेन युद्धले विश्वमा सिर्जना भएको गहिरो विभाजनपछि बालीमा यसपटक संयुक्त वक्तव्य जारी गर्नेमा पनि शंका छ ।
लण्डनबाट बाली प्रस्थान गर्नुअघि बेलायती प्रधानमन्त्री ऋषि सुनकले यस सम्मेलनमा पुटिनको सरकारलाई जिम्मेवार ठहराउने बताएका थिए । ऋषि सुनकले पुटिनको युद्धले विश्वभर तहसनहस बनाएको, जनजीवन बर्बाद र अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई उथलपुथलमा फसाएको बताएका छन् ।
सुनकले भने कि यो जी-२० शिखर सम्मेलन सामान्य रूपमा औपचारिक हुनेछैन। हामी पुटिनको शासनको पर्दाफाश गर्नेछौं र अन्तर्राष्ट्रिय सहयोग र जी-२० जस्ता सार्वभौम मञ्चहरूको सम्मानको लागि उनको अवहेलना पूर्ण रूपमा उजागर गर्नेछौं।







डिसी नेपाल







Facebook Comment