अमेरिकी राष्ट्रपति बाइडेनकी नातिनी को हुन् जसको प्रेमीसँग हुन लागेको बिहे चर्चामा छ ?

डिसी नेपाल
२८ कार्तिक २०७९ १५:३६
232
Shares

काठमाडौं । अब छिट्टै बिहेको शहनाई अमेरिकाको ह्वाइट हाउसमा गुन्जिनएछ । अमेरिकी राष्ट्रपति जो बाइडेनकी नातिनी नाओमी बाइडेन आफ्नो मंगेतर पिटर निलसँग नोभेम्बर १९ मा विवाह बन्धनमा बाँधिदै छन् ।

हालै दुवैले इन्गेजमेन्ट गरेका छन् । विशेष कुरा के छ भने ह्वाइट हाउसमा यसअघि पनि १८ वटा विवाह भइसकेका छन् तर बहालवाला राष्ट्रपतिको नातिनीको विवाह आयोजना हुने यो पहिलो पटक हुनेछ । विवाहको तयारी पनि तिब्र रुपमा सुरु भएको छ ।

२८ वर्षीया नाओमी बाइडेन राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनकी छोरी हुन्। नाओमीले २५ वर्षीय नीललाई करिब चार वर्षअघि न्युयोर्कमा एक साथीमार्फत भेटेकी थिइन् । त्यसबेलादेखि दुवै एकअर्कालाई डेट गर्दै थिए । त्यसपछि अहिले दुवैले विवाह गरेर सँगै बस्ने निर्णय गरेका छन् ।

हाल नाओमी र नील दुबै बाइडेन परिवारसँगै ह्वाइट हाउसमा बस्दै आएका छन् । नाओमीकी हजुरआमा र अमेरिकी प्रथम महिला जिल बाइडेन आफ्नी नातिनीको विवाहलाई लिएर निकै उत्साहित छिन् र विवाहको तयारीमा व्यस्त छिन् । जिल बाइडेनको रेखदेखमा बिहेको सानातिना तयारी पनि भइरहेको छ ।

जो बाइडेनका छोरा हन्टर बाइडेन र क्याथलिनकी जेठी छोरी नाओमी बाइडेन पेशाले वकिल हुन्। नाओमीको नाम कार दुर्घटनामा मारिएकी जो बाइडेनकी छोरीको नामबाट राखिएको थियो। नाओमी वाशिंगटन डीसीमा हुर्केकी थिइन्। नाओमी आफ्नो हजुरबुबा जो बाइडेनलाई धेरै मन पराउँछिन् र मायालुपूर्वक उनलाई ‘पप्स’ भन्छिन्।

टाउन एण्ड कन्ट्री न्यूज वेबसाइटका अनुसार, नाओमीले २०२० मा आफ्नो हजुरबुवाको बारेमा एक अन्तर्वार्तामा भनेकी थिइन् कि उनी जे गरिरहेको र जहाँ भए पनि जब नाओमीले उनलाई फोन गर्छिन्, उनले तुरुन्तै जवाफ दिन्छन्। बाइडेनले एक पटक स्टेजमा भाषण दिइरहेका बेला पनि उनले नाओमीको फोन उठाउनुपर्ने भयो ।

अध्ययनको कुरा गर्दा, नाओमीले पेन्सिलभेनिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेकी छिन्। यसपछि उनले कोलम्बिया ल स्कूलबाट कानूनको अध्ययन गरिन्। नाओमीको लिंक्डइन प्रोफाइलका अनुसार, उनी हाल अर्नोल्ड र पोर्टर ल फर्ममा वकिलको रूपमा अभ्यास गर्दैछिन्।

अर्कोतर्फ, नाओमीका भावी पति पिटर नीलले पनि कानूनको डिग्री लिएका छन्। पिटरसँगको आफ्नो विवाहको बारेमा नाओमीले ह्वाइट हाउसमा विवाहको आयोजना गरेकोमा राष्ट्रपति जो बाइडेन र जिल बिडेन दुवैप्रति आभारी रहेको बताइन् ।

नाओमीको विवाहको अर्को विशेष कुरा के हो भने यो पहिलो पटक ह्वाइट हाउसको साउथ लनमा विवाह हुने भएको छ । ह्वाइट हाउस व्यवस्थापनका अनुसार कुनै पनि बहालवाला राष्ट्रपतिकी नातिनीको ह्वाइट हाउसमा यो पहिलो विवाह हुनेछ र विवाह भएको स्थानमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना हुनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *